• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

संघीय सरकारले प्रदेशको बजेट र कानुनमा अंकुश लगाएको मुख्यमन्त्री पाण्डेको गुनासो


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कानुन निर्माण र बजेटमा संघीय सरकारले चासो नदिँदा समृद्ध प्रदेश र विकास निर्माणकार्य प्रभावित भएको बताएका छन् ।

    Advertisement

    संविधान निर्माण र संघीयता कार्यान्वयनमा आएको आधा दशक बढी समय भइसक्दा अझै कानुनहरु निर्माण हुन नसकेको र प्रभावकारी सेवा दिन नसकिएको गुनासो गरे । लमजुङको बेंसीसहरमा मंगलबार आयोजित नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘समृद्ध प्रदेश र विकास निर्माणका धेरै योजना छन् । आवश्यक कानुन निर्माण हुन सकेको छैन । पर्याप्त बजेट नहुँदा अपेक्षित काम गर्न सकिएको छैन ।’

    गण्डकी प्रदेशमा संघीय सरकारले दिने बजेट कम रहेको, प्रदेशकै स्रोत पनि कम रहेको र आवश्यकता धेरै हुँदा जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकिएको बताए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेको मुख्यमन्त्री पाण्डेले मुलुकमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारतर्फ अपेक्षित उपलब्धी भएको दावी गरे पनि मुलुकमै स्वरोजगार सिर्जना गर्न नसकिएको र त्यसमा सरकार चुकेको स्वीकारे । ‘मुलुकबाट बर्सेनि युवाहरु विदेशिएका छन् । हामीले रोजगारी सिर्जना गर्नुपर्थ्यो । हामी चुकेका छौं । स्वरोजगार दिन सकेनौं । अबको चासो र चिन्ता त्यतातिर हुनुपर्छ’ उनले भने ।

    उनले जनताको भावना र आवश्यकता अनुसारका काम गर्न जनतासंग साक्षत्कार गर्ने र यसका लागि प्रदेशभित्रका सवै जिल्लामा पुगेर जनताको आवाश्यकता र भावना बुझ्ने तथा विकास निर्माणका योजनालाई प्राथामिकतामा राख्ने बताए ।

    एक अर्को प्रसंगमा उनले पछिल्लो समय नेपालको संविधान र संघीयताका विरुद्ध प्रश्न उठेको भन्दै नेपालको संविधान राजनीतिक दलबीचको दस्ताबेज भएकाले कसैले चाहँदैमा परिवर्तन नहुने बताए ।कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, गण्डकी प्रदेश सहमहामन्त्री रमेशकुमार पाण्डे, जिल्लाका पूर्वसभापति एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, चन्द्रबहादुर कुँवर, कृष्णप्रसाद कोइराला, तुलसीनारायण श्रेष्ठलगायतले जिल्ला सम्मेलनलाई सम्बोधन गरे ।

    कार्यक्रममा जिल्ला उपसभापति आनन्द घिमिरेले पार्टीको वर्तमान अवस्था र भावी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरे । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति एवं गण्डकी प्रदेशसभा सदस्य टकराज गुरुङका अनुसार यसअघि वडा सम्मेलन, पालिका सम्मेलन हुँदै प्रदेश ‘२’ र प्रदेश ‘१’ को सम्मेलन हुँदै मंगलबार कांग्रेसको जिल्ला सम्मेलन गरिएको हो ।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer