• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

हिरासतमा पुस्तक साथी


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • महोत्तरी । हिरासत कक्षको बलेँसीमा हातमा किताब लिएर लस्करै कुर्सीमा पढ्न बसेका युवाहरूलाई हेर्दा लाग्छ, सुरक्षा घेराभित्र कुनै प्रतियोगिता चलिरहेको छ । तर, कुरा थुनामा रहेका मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउन प्रहरीले स्थापना गरेको पुस्तकालयबाट लाभ लिइरहेका युवाहरूको हो ।

    Advertisement

    ‘रातमा नपर्ने निन्द्रा र परिवारको यादले बेचैन मनलाई किताबले भुलाएको छ,’ एक युवकले भने,‘पढ्दापढ्दै कहिले आँसु खस्छ त,कहिले खुसीमा हराउँछ मन ।’ मोदनाथ प्रश्रितको ‘मानव’ उपन्यासमा घोत्लिएका उनले दुई हप्तामा ६ वटा पुस्तक पढिसकेका छन् । धादिङ घर भएका २३ वर्षका उनी लागुऔषध मुद्दामा ८४ दिनदेखि महोत्तरी प्रहरीको हिरासतमा छन् ।

    ‘हिरासतमा पुस्तकालय स्थापना गर्दासम्म मलाई पुस्तक पढ्ने रुचि नै थिएन,’ उनी भन्छन्, ‘पढ्न थालेपछि किताबमै डुबेर पढ्न थालेँ,पढ्दापढ्दै धेरै पटक रोएको छु,रुदाँरुदै हाँसेको छु ।’ ‘सपनाको उडान’,‘जीवन जिउने काइदा’,‘संघर्ष’,‘जीवन काँडा कि फूल’ लगायतका पुस्तक उनले केही दिनमै पढिसकेको बताए ।

    ‘निन्द्रा नलागेपछि किताब पढ्न थाल्छु अनि परिवारको याद कम हुँदै जान्छ,’ उनले भने,‘‘किताबको पानामा गम्भीर भएर म आफैंलाई हेरिरहेको छु’ । पुस्तकालयको स्थापना पछि आफूहरूको दिन थोरै भए पनि उपपब्धिमूलक बितिरहेको छ जस्तो लाग्न थालेको उनी बताउँछन् । ‘दिन काट्न निकै गाह्रो भएको समय हिरासतमा पुस्तकालय खुल्दा राम्रै काम हो जस्तो मात्रै लागेको थियो,’ उनले भने, ‘यो त निकै राम्रो रहेछ हाम्रा लागि’ ।

    साथीहरूको संगतले दुर्व्यसनीमा फसेको बताउने महोत्तरी गौशालाका २२ वर्षीय युवक अब जीवनमा फेरि त्यस्तै गल्ती नगर्ने प्रण गरिरहेका छन् । बीपी कोइरालाको ‘जेल डायरी’ पछि उनी अहिले सुविन भट्टराईको उपन्यास ‘समर लभ’ पढिरहेका छन् । स–साना गल्तीको महसुस हुने र आफैंलाई बदल्ने बाटो पनि किताबले दिने रहेछ भन्ने उनले बुझिसकेका छन् । लागुऔषध मुद्दामा ६४ दिनदेखि थुनामा बसेका उनी पुस्तकले दिन कटाउन निकै सजिलो बनाएको बताउँछन् ।

    ७ कक्षाबाटै परिवारको कमजोर आर्थिक स्थितिका कारण पढाइ छाडेका मकवानपुरका २२ वर्षका अर्का एक युवकले आफ्नो पढ्ने अधुरो सपना हिरासतमा पूरा भइरहेको बताए । पुस्तकालय स्थापनाको २० दिनमा उनले ‘मानव बौद्धिकता’,‘मान्छेको रङ’ लगायतका ३ वटा पुस्तक पढिसकेका छन् । आफ्ना नित्यकर्म सकेपछि विद्यार्थीजस्तो किताब लिएर पढ्न बस्दा आफूले सानामा पढ्न नपाएको झल्को मेटिने गरेको उनले सुनाए । ‘किताबले धेरै कुरा सिकाउने पनि रहेछ,’ उनले भने, ‘के गल्ती ? के सही ? त्यो पनि म महसुस गरिरहेको छु ।’

    तर पुस्तकालयको लाभ लिन नसकेको भन्दै केही व्यक्ति दुःखी पनि देखिन्छन् । सानोमा पढ्न नपाएका कारण अहिले पुस्तकालय ‘कागलाई बेल’जस्तै भएको मटिहानी महोत्तरीका २२ वर्षका युवक बताउँछन् । ‘पढ्न जानेको भए म पनि टीभी हेर्ने थिइनँ,’ उनी भन्छन्, ‘पढेर नयाँ नयाँ कुरा सिक्ने थिएँ ।’

    हिरासतमा रहेका साथीहरू पुस्तकमा घोत्लिएको देख्दा थकथकी लागेको महोत्तरीका २४ वर्षीय युवक बताउँछन् । ‘सबैले पढेको देख्दा पढन मन त लाग्छ नि,’ उनले भने,‘सामान्य लेखपढले के पढ्नु आफ्नो नाम लेख्न मात्रै जानेको छु ।’ तर पनि उनी पुस्तक पढिसकेका साथीहरूबाट किस्सा सुनेर रमाउँछन् । उनी केही उपन्यासका केही रमाइला घतलाग्दा प्रसंग सम्झिइरहेका पनि छन् ।

    मंसिरको ५ गते मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले पुस्तकालयको उद्घाटन गरेपछि महोत्तरी जिल्लास्थित प्रहरी कार्यालयको हिरासतमा पुस्तकालय सञ्चालनमा आएको हो । हिरासतको पुस्तकालयमा ३ सय ९७ पुस्तक राखिएको छ । त्यसो त कार्यालयको पुस्तकालयमा रहेका १ सयभन्दा बढी पुस्तक पनि हिरासतमा रहेका व्यक्तिले पढन सक्छन् । जिल्ला प्रहरी कार्यालयको पुस्तकालयमा ५ सयभन्दा बढी पुस्तक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए ।

    नेपाली साहित्यका सबै विधा र पौराणिक तथा सांस्कृतिम पुस्तक पुस्तकालयमा राखिएको छ । हिरासतको बन्द कोठामा सीमित नगरप् एकान्तमा बसेर पढ्छु भन्नेलाई कक्षभित्रको सुरक्षा घेराभित्रको जुनसुकै स्थानमा बसेर पढ्न सक्ने वातावरण प्रहरीले मिलाइदिने मल्लले बताए । पुस्तकालयको स्थापनापछि हिरासतमा बसेका धेरैले पढ्ने बानप् बसाल्न थालेका उनको भनाइ छ । ‘हामी भएकामध्ये पनि राम्रा किताब पढ्न सुझाव दिएका हुन्छौँ,’ उनले भने, ‘तर जबर्जस्ती छैन जसले जे मन लाग्छ त्यही पढ्नुहुन्छ’ ।

    थुनुवाहरूको आचरण,व्यवहार र सोचमा पुस्तकले सकारात्मक परिवर्तन ल्याउँछ भन्ने विश्वाससहित प्रहरीले स्थापना गरेको पुस्तकालयले निकै राम्रो प्रभाव परिरहेको एसपी मल्लले बताए । ‘पुस्तक पढ्नेहरूले कानुनी किताब थपिदिनुस् भन्ने अनुरोध गर्नुभएको छ,’ उनले भने, ‘अक्षर नचिन्ने समस्या भएका अन्यले भने पढेकासँग सोधेर पनि ज्ञान लिइरहनु भएको छ’ । थुनुवाहरूको मागबमोजिम कानुनीलगायतका अझै केही पुस्तक जिल्ला प्रहरीले हिरासतमा थप्ने मल्लले बताए ।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer