• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

अध्यक्ष र प्रअ बाटै निर्घात कुटिए विद्यार्थी


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • राजविराज । सप्तरीको राजविराज नगरपालिका -१६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले दुईजना विद्यार्थीलाई कुटपिट गरेका छन् ।

    Advertisement

    राजविराजमा शुल्कबारे प्रश्‍न उठाउँदा प्रअ र अध्यक्षबाटै विद्यार्थी कुटिए।  विद्यालयले अर्धवार्षिक परीक्षा र रजिष्ट्रेसन शुल्क मनपरी लिईरहेको विषयमा प्रश्‍न उठाउँदा कक्षा १० मा अध्यनरत विद्यार्थीद्वा विकासकुमार मण्डल र रोसन साहलाई प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले मंगलबार विद्यालयको कार्यालय भवनमै कुटेका हुन्। कुटपिटपछि आफूलाई नांगो बनाएर भिडियो बनाएको र कसैलाई कुटपिटबारे भनिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको घाइते विद्यार्थी विकासले बताए ।

    प्रअ र अध्यक्षबाट कुटिएका विद्यार्थीद्वय मण्डल र साह गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारपछि मंगलवबार राती घर फर्किएका छन् । कुटिएका विद्यार्थी मण्डलको आँखामा गम्भीर चोट लागेको छ । मण्डल र साहको शरिरको विभिन्न भाग फलामको रडले कुटिएको निशान देखिएको छ । मंगलबार साँझ र बुधबार दिउँसो आक्रोसित विद्यार्थीहरुले प्रधानाध्यापक अध्यक्षलाई कारबाहीको माग गर्दै राजविराजमा प्रदर्शन गरेका छन् ।

    नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयले कक्षा ९ को रजिष्ट्रेसन फारम वापत ५ सय रुपैयाँ र कक्षा १० को रजिष्ट्रेसन फारम शुल्क वापत एकहजार रुपैयाँ लिईरहेको थियो । यसका अतिरिक्त विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै विद्यालय सुधार सहयोग वापत समेत परीक्षाको मुखमा विद्यार्थीसँग रकम माग गरेपछि केही विद्यार्थीहरुले अनावश्यक शुल्कको मारमा पारिएको भन्दै विरोध गरेका थिए ।

    रजिष्ट्रेसन शुल्क वापत कक्षा ९ को तीनसय रुपैयाँ र कक्षा १० को लागि ५ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने प्रावधान छ । उक्त प्रावधान विपरीत रकम लिन थालेपछि विरोधमा उत्रिएका विद्यार्थीहरुको अगुवाई गरिरहेका मण्डल र साह कुटिएका हुन् ।

    ‘अनावश्यक रुपमा रकम लिईरहेकोबारे मैले गरेको प्रतिरोधको साथीहरुले भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा राखे’, घाइते विद्यार्थी विकास मण्डलले भने,‘त्यसैको निहुँ बनाएर हेडसर र अध्यक्षले अफिसमा निर्घात कुटे ।’ मंगलबार परीक्षा दिन विद्यालयको कक्षाकोठामा रहेका बेला जयराम साह नामका शिक्षकले आफनो मोबाइल खोसेर कार्यालयमा लगेको र परीक्षा सकिएपछि मोबाइल लिन जाँदा प्रअ र अध्यक्षले कुटेको घाइते बिकासले बताए । ‘विद्यालयकोबारेमा जथाभावी बोलेर बेइज्जत गराउँदै छस् भन्दै एकहोरो कुटिरहे’ विकासले भने ।

    प्रधानाध्यापक र अध्यक्षले भने विद्यार्थीलाई कुटपीट नगरेको दाबी गरे । मोबाइल लिन आउँदा अभिभावकलाई बोलाएर ल्याउनु भनेपछि विद्यार्थीले अभद्रता देखाएको र त्यस क्रममा घम्साघम्सी हुँदा टेबुलमा ठोक्किएर चोट लागेको प्रधानाध्यापक यादवको दाबी छ ।

    कक्षा ९ का लागि ५ सय र कक्षा १० का लागि एक हजार रजिष्ट्रेसन शुल्क लिईरहेको भने प्रधानाध्यापक यादवले स्वीकारे । ‘कक्षा ९ को रजिष्ट्रेसनको राजश्व दस्तुर तीनसय नै हो तर एकसय रुपैयाँ फारम पठाउनका लागि मसलन्द खर्च वापत् र एकसय रुपैयाँ कक्षा १० को विद्यार्थीको विदाई कार्यक्रमका लागि लिइएको हो,’ उनले भने ।

    यस्तै कक्षा १० को लागि रजिष्ट्रेसनको राजश्व शुल्क ५ सय मात्र भएपनि परीक्षापछि ग्रेडिङ सिटको लागि २ सय ५०,प्रयोगात्मक परीक्षाका लागि एकसय ५० र फारम पठाउन मसलन्द वापत एकसय गरि एकहजार लिएको प्रअ यादबले स्वीकारे ।

    उनले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय सुधार सहयोग रकम लिईरहेको दाबी गरे । ‘अतिथी सत्कार,विजुली बिल,पार्ट टाइम शिक्षक,कम्प्युटर शिक्षा,इ-लाइब्रेरीका लागि विद्यार्थीवाट सहयोग शुल्क लिईएको हो’ प्रअ यादवले भने ।

    तर विद्यार्थीहरुले अनावश्यक रुपमा शुल्क लिईरहेको विरोध गर्दा कुटपिट गरिएका कारण प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई कारवाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले राजविराजमा बुधबार बृहत प्रर्दसन गर्दे दुबैजनालाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी दिए ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे जिल्ला प्रहरीमा जानकारी आएको र दुवैपक्षलाई राखी कुरा बुझ्ने कार्य भईरहेको बताए ।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer