• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

घुस लिएको रकम दुई लाख च्यातिदिए


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय अवैध तरिकाले ‘भिजिट भिसा’मा विदेश पठाउनेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । गएको असोज १९ देखि कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको अनुसन्धान टोली नै बनाएर अपरेसन थालेको हो ।

    Advertisement

    जसमध्ये हालसम्म पक्राउ पर्नेको संख्या ३२ पुगेको छ । बिचौलियामार्फत् नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’मा विदेश जान खोज्ने एक हजार पाँच सय १३ जनालाई रोकेको छ । पक्राउ पर्नेमा म्यानपावर व्यवसायी, ट्राभलका सञ्चालक, प्रहरीदेखि विमानस्थलस्थित अध्यागमन विमागका कर्मचारीहरू र एयरलाइन्सका कर्मचारीसमेत छन् ।

    भिजिट भिसामा ‘सेटिङ’ मिलाएर विदेश पठाएको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ परेका थिए । अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति विमानस्थलस्थित अध्यागमनका अधिकृत नरबिर खड्कालाई पक्राउ गरेको हो ।

    उनीबाहेक नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अरबिन यादवलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनीहरुले विभिन्न व्यक्तिको नक्कली कागजात रहेको जानकारी हुँदासमेत सेटिङमा पठाउने गरेको खुलेको हो ।

    पक्राउ परेकालाई प्रहरीले कीर्ते तथा संगठित अपराधको मुद्दा चलाएको छ । यसअघि नक्कली कागजात भएकाहरुलाई विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले विमानस्थलको सुरक्षाका लागि खटिएका प्रहरी जवान आशिष श्रेष्ठ र जीवनराज तामाङलाई पक्राउ गरेको थियो ।

    १२ कात्तिकमा पक्राउ परेका उनीहरुमाथि कीर्ते मुद्दामा अनुसन्धान भएको थियो । हाल उनीहरुसहित ८ जना भने धरौटीमा छुटेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरका अनुसार, हाल ६ वटा कन्सल्टेन्सीका सञ्चालक, अध्यागमनका अधिकृत र नेपाल एयरलाइन्सका कर्मचारी गरी २४ जना थुनामा छन्, उनीहरुमाथि अनुसन्धान जारी छ ।

    सेटिङको दुईलाख रुपयाँसहित पक्राउ परेका थिए अधिकृत खड्का

    विमानस्थलस्थित हरेक मानिसको निगरानी गर्ने पहिलो निकाय हो, अध्यागमन विभाग । अध्यागमन विभागका कर्मचारीको स्वीकृतिबिना हवाई यात्रुले नेपाल भित्रिन र बाहिरिन सम्भव हुँदैन । यात्रुको डकुमेन्टको आधारमा भित्रिने र बाहिरिनेलाई अनुमति दिने त्यही निकायका अधिकृतलाई नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने धन्दामा लागेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

    अपराध अनुसन्धान कार्यालयका डीएसपी पन्थी नेतृत्वको टोलीले अधिकृत नरबिर खड्कालाई अध्यागमनकै पोशाकमा पक्राउ गरेको हो । कार्यालयका एसएसपी राठौरका अनुसार, उनी सेटिङ बराबरको दुईलाख रुपैयाँसहित सिनामंगलबाट पक्राउ परेका हुन् ।

    अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, उनीसँगै बिचौलिया पदम लामासमेत पक्राउ परेका थिए । प्रहरीले लामाको खोजी गरिरहेकै अवस्था रकमसहित अधिकृत खड्कासमेत पक्राउ परेका हुन् ।

    अनुसन्धानमा खटिएका एक अधिकारीले भने, “हामी लामो समयदेखि पदम लामालाई खोजी राखेका थियौँ । भिजिट भिसामा जानेहरुको नक्कली कागजात बनाउनेदेखि कर्मचारीको सेटिङको जिम्मा उनको देखिएको थियो । त्यही बेला अधिकृत खड्कालाई दुईलाख दिएको खुलेपछि उनी पनि पक्राउ परेका हुन् ।”

    दुई लाखसहित भिजिट भिसामा जानेहरुको लिस्टसमेत बरामद गरेको छ । उनको साथमा भेटिएको लिस्ट र दुई लाख रुपैयाँ उनले नै च्यात्न खोज्दा बरामद गरिएको प्रहरी अधिकारीले बताए । लामाबाट रकम बुझेको करिब आधा घण्टाभित्रै पक्राउ गर्न सफल हुँदा प्रमाण नै फेला परेको प्रहरीको दाबी छ ।

    प्रहरी अधिकारीका अनुसार, सेटिङमा भिजिट भिसामा पठाउने गिरोहमा अध्यागमनका अन्य कर्मचारीहरुकोसमेत संलग्नता देखिएको छ । ती अधिकारीले भने, “अध्यागमनका कर्मचारीको संलग्नताबिना यो सम्भव छैन । एक जना पक्राउ परेका छन् । अन्य केही कर्मचारीको भूमिका पनि शंकास्पद देखिएको छ । हामी थप प्रमाण खोज्दै छौ ।”

    विमानस्थल अध्यागमनका कर्मचारीले ‘सेटिङ’ मिलाउने र रकम उठाउन छुट्टै टिम नै बनाएर परिचालन गर्ने गरेको प्रहरीको दाबी छ ।

    हाल विमानस्थल अध्यागमन प्रमुखमा सहसचिव गगनबहादुर हमाल छन् । प्रहरीको अनुसन्धानले सेटिङ मिलाएर भिजिट भिसामा दैनिक दुई सय ५० जना जाने गरेको खुलाएको छ । उनीहरूबाट अध्यागमनका कर्मचारीले मात्रै ४० देखि ६० हजार रुपैयाँ असुल्ने गरेको दाबी प्रहरीको छ ।

    त्यसबाहेक एयरलाइन्सका कर्मचारीलाई बिचौलियाहरूले रकम बुझाउने गरेको खुलेको हो । एयरलाइन्सका कर्मचारीले भिजिट भिसाको दुईतर्फी टिकटमध्ये ‘सेटिङ’मा एकतर्फी टिकटमै पठाउने गरेको खुलेको हो ।

    त्यही आरोपमा नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अरविन यादव पक्राउ परेका हुन् । नेपाल एयरलाइन्सका कर्मचारीबाहेक अन्य ६ निजी एयरलाइन्सका कर्मचारीको समेत मिलोमतो देखिएको प्रहरीले जनाएको छ ।

    भिजिट भिसामा जान दुईतर्फी टिकट, प्लस टुसम्मको शैक्षिक प्रमाणपत्र, होटल बुकिङको कागजात र बैंक खातामा २ लाख अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, यी कागजात नक्कली बनाएर सेटिङमा जाने गरेको खुलेको हो ।

    यसरी जानेमा अधिकांश महिला छन् । उनीहरु भिजिट भिसामा जाने र खाडी मुलुकमा हाउस केयरमा रुपमा काम गर्ने गरेको खुलेको हो । खाडी मुलुकमा गएर हाउस केयरका रुपमा बस्न नेपालले अनुमति दिएको छैन ।

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer