• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

छातीको दुखाई हृदयघातको लक्षण पो हो कि ? जानी राखौं


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • छाती दुख्ने समस्या अनेक कारणले हुनसक्छ । दुखाईको अनुभव पनि फरक फरक हुनसक्छ । कसैलाई छातीको बायाँ छेउमा दुख्छ, कसैलाई दायाँतिर दुख्छ । कहिले हल्का दुख्छ, कहिले सहनै नसक्ने गरी दुख्छ । दुखाईको स्थिती, मान्छेको स्वास्थ्य अवस्था वा आनीबानीलाई आधार मानेर यसको कारण पहिल्याउन सकिन्छ ।

    Advertisement

    जस्तो कतिपयलाई पेटमा ग्याँस भरिएर पनि छाती दुखेको महसुष हुन्छ । कतिलाई निमोनियाको कारण यस्तो हुन्छ । लगातार खोकीले पनि छाती दुख्छ । फोक्सोको संक्रमण, आहार नलीमा समस्या, हड्डी वा मांशपेशीको कारणले छाती दुख्छ ।

    त्यसबाहेक केही गंभिर रोगहरुले पनि दुख्छ । जस्तो कि, हृदयघात ।

    मुटुकै कारण छाती दुखेको हो वा अरु कारणले ? यसबारे छुट्याउन कठिन हुन्छ । अस्पताल पछि नै त्यसबारे टुंगो गर्न सकिन्छ ।

    हामीले गंगालाल अस्पतालमा हेरेको बिरामीमध्ये धेरैमा हृदयघात देखिएको थियो, जो छाती दुखेको कारण अस्पताल आएका थिए । त्यसैले यदि छाती दुखेको छ भने हामीले मुटुको कारण हो वा होइन भनेर थाहा पाउनै पर्छ ।

    हृदयघात अचानक हुने जोखिम हो ।

    यद्यपि यसअघि केही सामान्य संकेत पाउन सकिन्छ । जस्तो सामान्य हिँडडुल गर्दा छाती दुख्नु, आरम गर्दा नदुख्नु, खलखल पसिना आउनु हृदयघातको लक्षण पनि हुनसक्छ । हुन त हृदयघातको लक्षण सबैमा एकनास नहुन सक्छ ।

    मुटुको समस्या हुँदा छाती दुखाईको केही फरक अनुभव हुनसक्छ । जस्तो छाती दुख्ने वा भारीपन महसुष हुने, छाती दुखाईसँगै वान्ता हुने, अचानक पसिना आउने, सास फेर्नमा असहज हुने, मुटुको धड्कन अनियमित हुने । तर, लक्षण नै पर्खेर बस्नु उचित होइन । संभव भएसम्म छाती दुख्यो भने नजिकको स्वास्थ्य केन्द्रमा गएर जँचाउनु पर्छ । छाती दुख्नु हृदयघातको प्रमुख लक्षण हो । यसलाई खेलाँची नगरौं ।

    हृदयघातकै संकेत हो त ?

    यदि हृदयरोगको जोखिम बर्गमा कोही छन् भने उनीहरुले छाती दुख्नसाथ सजग हुनुपर्छ । खासगरी हृदयरोग भएका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टोरोलको समस्या भएका, परिवारमा कसैलाई हृदयघात भएको इतिहास छ भने त्यस्ता व्यक्ति जोखिम बर्गमा हुन्छन् ।

    धेरै चुरोटको धुँवा तान्ने, रक्सी पिउने व्यक्तिलाई पनि हृदयघातको जोखिम छ । त्यसो अन्य व्यक्ति यसबाट सुरक्षित छन् भन्ने होइन । जो कोहीलाई हृदयघात हुनसक्छ तर जोखिम कसैलाई बढी र कसैलाई कम हुनसक्छ ।

    उमेरको आधारमा पनि हृदयघातको जोखिम देखिन्छ । जस्तो पुरुषको हकमा ४५ बर्ष वा सो भन्दा माथि उमेर छ भने उनीहरुलाई हृदयघातको जोखिम छ भने महिलाको हकमा ५५ बर्ष माथिलाई यस्तो जोखिम छ ।

    जाडो याम र हृदयघात

    अक्सर के देखिन्छ भने तुलनात्मक रुपमा जाडो याममा हृदयघातको घटना बढी हुन्छ । यसो हुनुमा जाडो वा चिसोको कारण रक्त प्रवाहमा आउनसक्ने अवरोध नै हो । जाडोमा मुटुको नली वा धमनी खुम्चने र साँघुरिने हुन्छ । यसले गर्दा रक्त प्रवाहमा अवरोध आउँछ र हृदयघातको जोखिम बढ्छ ।

    छाती दुख्नसाथ जँचाउनु पर्छ ?

    यदि तपाईं जोखिम बर्गमा पर्नुहुन्छ र छातीको दुखाई हृदयघातको लक्षणसँग मिल्दो छ भने अस्पताल वा चिकित्सकको सम्पर्कमा पुग्नैपर्छ । किनभने बाहिरबाट हेर्दा किन र कुन भागमा दुखेको भन्ने ठिम्याउन सकिदैन । यसका लागि सम्बन्धित चिकित्सकले जाँच गरेर मात्र थाहा हुन्छ ।

    संभव भएसम्म कुनैपनि छाती दुखाई महसुष हुनसाथ चिकित्सकलाई जँचाउनु पर्छ । कतिपयले छाती दुखाईलाई अरु नै समस्या होला भनेर बेवास्ता गरिरहेका हुन्छन् । ग्याष्ट्रिकले वा चिसोले छाती दुखेको होला भनेर घरमै बस्छन् । यसले गर्दा उनीहरु थप जोखिममा पर्न सक्छन् । किनभने गंगालाल अस्पतालमा छाती दुखेर आउने बिरामीमध्ये अधिकांशमा हृदयघात देखिएका छन् ।(साभार)

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer