• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

अत्याधिक रक्सी–चुरोटले हुनसक्छ बाँझोपन, ६ दम्पतीमध्ये एकमा बाँझोपनको समस्या


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • पछिल्लो तथ्यांकले के देखाएको छ भने, पुरुषको शुक्रकिटको गुणस्तरमा ह्रास आउँदै गएको छ । यसले बाँझोपनको समस्या बढाएको छ । सामान्यत विवाहपछि सन्तानको योजना बनाइरहँदा पनि गर्भधान हुन नसक्नु बाँझोपन हो । एक मेडिकल रिपोर्ट अनुसार गर्भधारणका प्रयास गर्ने प्रत्येक ६ दम्पतीमध्ये एकलाई बाँझोपनको समस्या छ । बाँझोपन हुनुमा पुरुषको हिस्सा पनि उत्तिनै छ, जति महिलाको छ ।

    Advertisement

    पुरुषमा किन बाँझोपन बढ्दो छ त ? यसमा एउटा मात्र कारण छैन । आन्तरिकदेखि बाह्य कारणहरुले पुरुषमा बाँझोपन बढ्दो छ । सामान्यत वीर्य नलीमा अवरोध हुँदा कुनैपनि पुरुष सन्तान जन्माउनमा असमर्थ हुने गर्छन् । कतिपयको जन्मजात यस्तो समस्या हुन्छ भने कतिपयको संक्रमणको कारणले पनि ।

    पुरुषमा शुक्राणुको संख्या कम हुँदा बाँझोपन हुनसक्छ । यस किसिमको अवस्थालाई चिकित्सकिय भाषामा ‘ओलिगोस्पर्मिया’ भनिन्छ । यस्तो हुनुमा अत्याधिक मदिरा, धुम्रपान, लागुऔषध आदिको प्रयोग मूख्य जिम्मेवार मानिन्छ ।

    वातावरणिय असर

    वाह्य प्रभाव खासगरी प्रतिकुल वातावरणले गर्दा पनि पुरुषको शुक्राणु कमसल हुने जोखिम बढ्छ । उच्च तापमानमा बस्ने वा हानिकारक विकिरणको सम्पर्कमा रहने पुरुषको शुक्राणुको गुणस्तर कमसल हुनसक्छ । यसले बाँझोपनको जोखिम बढाइदिन्छ ।

    प्रजनन अंगमा समस्या

    अण्डकोष सुन्निने वा गोनोरिया र एचआइभी जस्ता यौनजन्य संक्रमण भएमा पनि पुरुषले सन्तान उत्पादन गर्न सक्दैनन् ।

    त्यसबाहेक अस्वस्थ्यकर खानपान, तनाव, बढी तौल, क्यान्सर जस्ता रोगले पनि पुरुषमा निःसन्तानको समस्या बढाउँछ ।

    कसरी थाहा हुन्छ ?

    सुरुमा पुरुषको शारीरिक अवस्थासँगै पारिवारिक इतिहासको जानकारी लिइन्छ । त्यसपछि शुक्रकिट परीक्षण गरिन्छ । आवश्यक परेमा यौनाङ्ग, अण्डकोष र प्रोस्टेट ग्रन्थी जाँच गरिन्छ । यसका लागि अल्ट्रासाउन्ड, रगत परीक्षण, संक्रामक रोगको परीक्षण जरुरी हुन्छ ।

    के यसको उपचार हुन्छ ?

    पुरुषमा बाँझोपनको कारण व्यक्तिपिच्छे फरक हुनसक्छ । त्यसैले यसको उपचारमा पनि एकरुपता हुँदैन । यदि यौन क्रियामा सक्रिय हुन सकिरहेका छैनन् भने औषधि, मनोचिकित्सा र यौन थेरापी दिइन्छ । शुक्रकिट उत्पादनमा समस्या छ भने सोका लागि पनि औषधि दिइन्छ । साथै हर्मोन सन्तुलन राख्ने औषधि दिइन्छ । संक्रमण भएमा एन्टिबायोटिक दिइन्छ ।

    यसपछि पनि बाँझोपन कायम रहेमा अन्य उपचार विधि प्रचलनमा छन् । अहिले पुरुषमा शुक्रकिटको कमी भएमा वा कमसल भएमा कृत्रिम गर्भाधान गर्ने प्रणाली पनि उपलब्ध छ । यस प्रक्रियामा धेरै पटक शुक्रकिट संकलन गरेर महिलाको पाठेघर वा फेलोपियन ट्युबमा प्रवेश गराइन्छ । यदि शुक्राणु नै उत्पादन नहुने अवस्था छ भने शल्यक्रियासमेत गर्नुपर्ने हुनसक्छ ।

    बाँझोपनबाट बच्न सकिन्छ ?

    पुरुषमा आनुवंशिक समस्या वा अरु कति रोगको कारण हुनसक्ने बाँझोपन रोक्न सकिदैन । यद्यपि केही सावधानी अपनाएमा यो समस्याबाट बच्न सकिन्छ ।

    –यौनजन्य रोग देखा परेमा तुरुन्तै उपचार खोज्ने ।

    –विकिरण र विषादीको सम्पर्कबाट टाढा रहने ।

    –रक्सी, चुरोट अत्याधिक मात्रामा नखाने ।

    –मानसिक तनावलाई व्यस्थापन गर्ने ।

     

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer