• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आज २०८० साल मंसिर २९ गते शुक्रवार: यस्तो छ तपाईको भाग्यफल !


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • आज २०८० साल मंसिर २९ गते शुक्रवार । मार्ग शुक्लपक्ष तृतीया तिथि । पूर्वाषाढा नक्षत्र, १०ः४५ बजेपछि उत्तराषाढा । चन्द्रराशि धनु, १६ः२८ बजेपछि मकर । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । साँझदेखि स्थितिमा सुधार आउनेछ । मेहनतीहरूलाई कार्यसिद्धिको समय छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । साँझतिर केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ । पछि लाभ हुने काम गर्न सकिनेछ ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझतिर स्वास्थ्य कमजोर रहनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। साँझतिर रमाइलाे पारिवारिक भेटघाट पनि हुनेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सुरुमा कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आयस्रोत पनि बढ्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । मिहिनेतले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छ ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । साँझतिर स्थितिमा सुधार आउनेछ । पेसा व्यवसायमा लाभ उठाउन सकिनेछ ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मिहिनेतले विभिन्न अवसर दिलाउनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । उद्याेग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएकाे काम राेकिन सक्छ । अरूकाे विश्वास गर्दा धोका हुन सक्छ ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । साँझतिर मनग्य धनलाभ हुने ग्रहयाेग छ ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । टाढाको यात्रा सम्भावित देखिन्छ ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ ।

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer