काठमाडौं । केन्याली धाविका बिट्रिस चेबेटले महिला १० किलोमिटर दौडमा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ । चेबेटले अमेरिकामा जारी प्रिफन्टेन क्लासिकमा २८ मिनेट ५४.१४ सेकेण्डको नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको हो ।
Advertisement
चेबेटले इथियोपियाली धाविका लेटेसेन्बेट गिडेको कीर्तिमान तोड्नुभयो । गिडेले सन् २०११ मा २९ मिनेट १.०३ सेकेण्डको कीर्तिमान कायम गर्नुभएको थियो । यसअघि चेबेटले पाँच किलोमिटरमा पनि विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।




