• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जर्मनीका मुलर र फ्रान्सका जिरुडद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । जर्मनी युरो २०२४ को क्वाटरफाइनलबाटै बाहिरिएपछि स्ट्राइकर थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनुभएको छ । ‘राष्ट्रिय टोलीका १३१ खेल र ४५ गोलपछि म बिदाइ लिँदैछु,’ मुलरले भिडियो वक्तव्यमा भन्नुभएको छ । यस्तै फ्रान्सका सर्वकालिक गोलकर्ता ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनुभएको छ । १३७ खेलमा ५७ गोल गर्नुभएका उहाँले सोमबार सन्न्यास लिनुभएको हो ।

    Advertisement

    सेप्टेम्बरमा ३५ वर्ष पुग्नुभएका मुलर सन् २०१४ को विश्वकप जित्ने जर्मन टोलीका प्रमुख सदस्य हुनुहुन्थ्यो । सेमिफाइनलमा आयोजक ब्राजिलमाथि जर्मनीको ७-१ को अविष्मरणीय जितमा पनि उहाँले पहिलो गोल गर्नुभएको थियो । ‘जब मैले १४ वर्षअघि जर्मन राष्ट्रिय टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थिएँ, मैले यो सपनामा पनि सोचेको थिइनँ,’ मुलरले भन्नुभएको छ, ‘देशका लागि खेल्न पाउँदा मलाई सधैँ गर्व लाग्छ । हामीले सँगै उत्सव मनायौँ र कहिलेकाहीँ सँगै आँसु झार्यौं ।’

    युरो २०२४ बाट जर्मनी बाहिरिएपछि मुलरले सन्न्यासको संकेत गर्नुभएको थियो । सन् २०१४ को विश्वकप विजेता जर्मनीको राष्ट्रिय टोलीमा अब गोलकिपर म्यानुअल नुयर एकमात्र खेलाडी रहनुहुनेछ । जर्मनी र रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले युरोअघि नै फुटबलबाट सन्न्यास लिने घोषणा गर्नुभएको थियो । मुलरले आफ्नो क्लब बायर्न म्युनिखका लागि खेल्न जारी राख्नुहुनेछ । बायर्नसँग उहाँको २०२५ सम्म सम्झौता छ ।

    फ्रान्सका सर्वकालिक गोलकर्ता जिरुडद्वारा सन्न्यास

    फ्रान्सका सर्वकालिक गोलकर्ता ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनुभएको छ । १३७ खेलमा ५७ गोल गर्नुभएका उहाँले सोमबार सन्न्यास लिनुभएको हो ।

    जिरुडले इन्स्टाग्राममा लेख्नुभएको छ, ‘फ्रान्सेली राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ । मैले १३ वर्षसम्म फ्रान्सको टिमको सेवा गरेको छु, त्यो मेरो हृदयमा सधैँ कुँदिरहनेछ । यो मेरो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो ।’

    आफ्नो अन्तर्राष्ट्रिय करियरको दौडान ३७ वर्षीय जिरुडले रुस विश्वकप २०१८ जित्नुभयोे र युरोकप उपविजेता पनि बन्नुभयो । उहाँले कतारमा सन् २०२२ को विश्वकप फाइनलमा थियरी हेनरीको ५१ गोलको राष्ट्रिय कीर्तिमान तोड्नुभएको थियो । जिरुडले सन् २०११ मा डेब्यु गर्नुभएको थियो र जर्मनीविरुद्ध २-१ को मैत्रीपूर्ण जितमा पहिलो गोल गर्नुभएको थियो ।

    उहाँले गत मे महिनामा युरोकप आफ्नो अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताउनुभएको थियो । आर्सनल, चेल्सी र एसी मिलानका पूर्वस्ट्राइकर अर्को सिजन मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा सामेल हुनुहुनेछ । एजेन्सी ।

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer