• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हिजोदेखि पेरिसमा ३३ औँ ग्रीष्मकालीन ओलम्पिक शुरु


  •   शनिबार, साउन १२, २०८१ मा प्रकाशित
  • काठमाडौं । हिजोदेखी फ्रान्सको पेरिसमा ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु भएको छ । हिजो (शुक्रबार)देखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालबाट सात खेलाडीको सहभागिता रहेको छ, जसमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ हुनुहुन्छ । प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने हुनुभएको छ । प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको हो । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुनुभएको होे ।

    Advertisement

    खेल जगतमा मेगा इभेन्टका रुपमा चिनिएको यस खेलकुद महामेलामा दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रनेछन्  । यस खेलमा ३० हजार स्वयंसेवक परिचालन गरिएको छ  । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुनेछन्  । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ  । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ  । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने जनाइएको छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुनेछन्  ।

    पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ  । टेलिभिजनमार्फत् चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको छ  । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ  ।

    ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ । ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकबिना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमान सिंह प्रधान हुनुहुन्छ ।

    सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ । यस ओलम्पिकमा चार नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ  । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्नेछ ।

    पहिलोपटक रंगशालाबाहिर उद्घाटन
    ग्रीष्मकालीन ओलम्पिकको इतिहासमै पहिलोपटक रंगशालाबाहिर उद्घाटन समारोह हुन लागेको छ । फ्रान्सको सबैभन्दा प्रख्यात नदी हो, सेन । यो पेरिस भएर पूर्वबाट पश्चिमतर्फ बग्छ । उद्घाटन समारोह यसै नदीमा हुनेछ । सहभागी हुने खेलाडीको परेड डुंगामा हुनेछ र प्रत्येक देशका लागि एक डुंगा छुट्याइएको हुनेछ । यस परेडमा १० हजारभन्दा बढीको सहभागिता रहनेछ । परेड कुल ६ किलोमिटरको दूरीमा चल्नेछ । त्यस अर्थमा यो दूरीमा रहनेले उद्घाटन समारोह हेर्न सक्नेछन् । उद्घाटन समारोह नेपाली समयअनुसार आज राती सबा ११ बजेदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित अमेरिकी गायिका तथा अभिनेत्री लेडी गागाले सांगीतिक प्रस्तुति दिने हुनुभएको छ । (हिमालय टाईम्स)

    शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer