• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

इजरायली सेनाद्वारा हजबुल्लाहका कमान्डर मारिए


  •   बुधबार, साउन १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले जवाफी हमला गर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा ७४ जना घाइते भएका छन् ।

    Advertisement

    इजरायली सेनाले इरान समर्थक आतंकवादी संगठन हिजबुल्लाहका कमान्डर हज मोहसिन उर्फ फुआद शुक्रको मृत्यु भएको दाबी गरेको छ ।

    इजरायली सेनाले गोलान हाइट्समा भएको आक्रमणका लागि फुआद शुक्र जिम्मेवार रहेको आरोप लगाउँदै आएको थियो ।

    शनिबार हिजबुल्लाहले इजरायलमा १० महिनामा सबैभन्दा ठूलो हमला गरेको थियो । गोलान हाइट्सको फुटबल मैदानमा लेबनानबाट रकेट प्रहार गरेका थिए, जसमा १२ जनाको मृत्यु भएको थियो भने करिब ३० जना घाइते भएका थिए । यसको जवाफमा इजरायली सेनाले हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    इजरायलका रक्षामन्त्री योभ गालान्टले फुआद शुक्र​को मृत्युपछि खुशी व्यक्त गरेका छन् । उनले शुक्रले धेरै इजरायलीको हत्या गरेको बताउँदै यसको बदला लिएको उल्लेख गरेका थिए ।

    रक्षामन्त्री गालान्टले इजरायली जनताको रगतको मूल्य रहेको बताउँदै सिपाहीले इजरायली जनताका हत्याराहरूलाई संसारको जुनसुकै कुनाबाट खोजेर मार्ने पनि प्रष्ट पारेका छन् ।

    यस्तै, सीएनएनका अनुसार फुआद शुक्रलाई अल–हज मोहसिन पनि भनिन्छ । सन् १९८३ मा बेरुतमा अमेरिकी मरीन कोर्प्स ब्यारेकमा भएको बम विष्फोटमा उनले ठूलो भूमिका खेलेका थिए, जसमा २४१ अमेरिकी सैनिक मारिएका थिए भने १२८ जना घाइते भएका थिए ।

    फुआद शुक्रलाई सन् २०१९ मा अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेको थियो । अमेरिकाले उनको बारेमा जानकारी दिनेलाई ५० लाख डलर इनाम राखेको थियो ।

    उता, लेबनानी सरकारी अधिकारीले भने हिजबुल्लाह कमाण्डर फुआद शुक्र इजरायली हमलाबाट बच्न सफल भएको दावी गरेका छन् । मंगलबारको जवाफी कारबाहीपछि इजरायल र हिजबुल्लाहबीच द्वन्द्व बढ्ने खतरा छ । दुवैले केही समयदेखि एकअर्कालाई आक्रमण गरिरहेका छन् । (एजेन्सी)

    बुधबार, साउन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer