• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति छ ?


  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । खगोल विज्ञान तथा अन्य ग्रहमा जीवनको खोजीका लागि एक रोमाञ्‍चक सफलता हासिल भएको वैज्ञानिकहरूले बताएका छन्। अन्तर्राष्‍ट्रिय वैज्ञानिकहरूको एक समूहदे ‘ग्लिज १२ बी’ नामक ग्रह फेला पारेका हुन्।

    Advertisement

    पृथ्वीकै आकारको उक्त समशितोष्‍ण ‘एक्जोप्लानेट’ पृथ्वीबाट ४० प्रकाश वर्ष अर्थात् करिब ३७८ ट्रिलियन किलोमिटर टाढा छ।

    म्याकगिल विश्‍वविद्यालय तथा वेस्टर्न विश्‍वविद्यालयका शोधकर्ताहरूको सहयोगमा संसारभरका शोधकर्ताहरूले इन्फ्रारेड डोपलर सुबारु स्ट्र्याटेजिक प्रोग्राम (आईआरआरडी-एसएसपी) मार्फत उक्त ग्रह पत्ता लगाएका हुन्। उक्त ग्रहले एक रातो ग्रहलाई परिक्रमा गर्छ। र, जीवन सम्भावित क्षेत्र (ह्याबिटेबल जोन)मा उक्त ग्रह पर्छ। त्यसबाट हाम्रो सौर्य मण्डलभन्दा टाढा पनि जीवनको सम्भाव्यताबारे रोमाञ्‍चक जानकारी पाउन सकिने वैज्ञानिकहरूको दाबी छ।

    ‘ग्लिज १२ बी’ले ‘ग्लिज १२’ नाम दिइएको रातो तारालाई परिक्रमा गरिरहेको छ। राता ताराहरू हाम्रो सूर्यजस्ता ‘जी-टाइप’ ताराको तुलनामा साना र ठण्डा अधिक हुन्छन्। त्यसैले यस्ता राता ताराहरूलाई परिक्रमा गर्ने ग्रहहरूमा जीवनको सम्भावना अधिक रहेको वैज्ञानिकहरूको अनुमान छ। त्यस्ता ग्रहहरूमा स्थलीय संसार पत्ता लगाउन पनि सहज मानिन्छ।

    ‘ग्लिज १२’ दुईवटा साना ताराहरू मध्ये एक हो, जो पृथ्वीबाट १०० प्रकाश वर्ष टाढा छ। र, अपेक्षाकृत कम तारकीय विकिरणवाला ग्रहहरूलाई आफ्नो वरिपरि घुमाउँछ। ‘ग्लिज १२’ एक असामान्य रूपबाट निश्क्रिय रातो तारा हो। त्यसको अर्थ हुन्छ- त्यसका ग्रहहरूलाई साह्रै कम हानिकारक परिस्थितिहरूको सामना गर्नुपर्छ।

    ‘ग्लिज १२ बी’ ग्रह पृथ्वीको लगभग समान आकारको छ। र, पृथ्वीकै जस्तो सतहको वातावरण हुन सक्ने अनुमान छ। तथापि, त्यसलाई पुष्‍टि गर्न अधिक अवलोकनको आवश्यकता छ। र, उक्त ग्रहमा पानी हुन सक्ने अनुमान पनि छ।

    जीवनका लागि पानीको आवश्यकता अधिक हुन्छ। यदि उक्त ग्रहमा पानी पाइयो भने त्यो निकै ठूलो उपलब्धी हुन सक्ने वैज्ञानिकहरू बताउँछन्। जेम्स वेब स्पेस टेलिस्कोप तथा धर्तिमा रहेका ठूला दूरबिनको सहयतामा भविष्‍यमा उक्त ग्रहको थप अध्ययन गर्ने वैज्ञानिकहरूको तयारी छ। ‘ग्लिज १२ बी’को अध्ययनबाट भविष्‍यमा अन्य ग्रहमा जीवन र मौजुदा अलौकिक दुनियाँका बारेमा थप जानकारी हासिल गर्न पनि उपयोगी हुने अनुमान छ।

    के ब्रह्माण्डमा मानिस एक्लो छ ? यो प्रश्नको जवाफ वैज्ञानिकहरूले प्राप्त गर्न सकेका छैनन्। तथापि, ‘ग्लिज १२ बी’ आशा र जिज्ञासाको किरणका रूपमा सामुन्‍ने आएको छ। यसले हाम्रो सौर्य मण्डलभन्दा टाढाका सम्भावनाहरू बारे थप जानकारी हासिल गर्न प्रेरित गरेको छ।(एजेन्सी)

    शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer