• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

होसियार रहनुस्, खालीपेटमा यी खाना विष बन्न सक्छ


  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
  • काठमाडाैं । मानिसहरु खान नपाएर भन्दा खान नजानेर रोगको शिकार बनिरहेका हुन्छन् । यही कारण विभिन्न स्वास्थ्यसँग सम्बन्धित विविध समस्या झेल्दै आएका छन् ।

    Advertisement

    चिकित्सक भन्छन्, आवश्यकताभन्दा बढी खाएको खानेकुराले शरिरलाई सञ्चो त गर्दैन नै त्यो खानेकुरा शरीरको लागि विष सरह बन्छ । केही त्यस्ता खानेकुरा जुन खाली पेट खान नहुने चिकित्सकहरु सुझाउँछन् :

    दूध चिया
    प्रायः मानिसहरुले विहानै दुध चिया पिउने गर्छन् । दुध चियाले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । त्यसको विकल्पमा मनताते पानी, वा तामाको भाडामा राखेको पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्छ । त्यस्दै दुध चियाको सट्टा विकल्पमा कालो चिया पिउन सकिन्छ ।

    मसालेदार खाना
    विहानै खाजा खाने समयमा मसलेदार खाजा पनि खानु उत्तम मानिदैन । यसले स्वास्थ्यमा जोखिम निम्त्याउने चिकित्सकहरु बताउँछन् । यसले पेटमा एसिडिटी बढाउँछ । दिनभरी खाना नपच्ने समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा पेट पोल्ने, ग्यास आउने, अल्सर जस्ता रोग पनि देखिने खतरा बढ्न सक्छ ।

    केरा
    खाली पेटमा केरा खानु पनि स्वास्थ्यका लागि राम्रो होइन । केराले छिटो वजन बढाउन मदत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो नहुने चिकित्सक बताउँछन् ।

    बिहानै खालीपेटमा सेवन गरेको केराबाट हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ । परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, ढ्याउ आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिन सक्छन् ।

    गोलभेंडा
    गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर एकबिहानै खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको सम्भावना बढ्ने हुन्छ ।

    अल्कोहल
    खाली पेटमा अल्कोहल खानु पनि विष सरह हुन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि देखाएका छन् । अझै घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले चिकित्सक भन्छन्, बिहान केही नखाइकन अल्कोहलजन्य पदार्थ नखानूस् ।

    अमिलो फल
    खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा, अचार, लप्सी आदि फल खाली पेट खानु हुँदैन । अंगुर, आँप तथा अमिलोयुक्त फलफूलले पेटमा एसिड बन्छ ।

    सोडा पानी
    खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ । पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ ।

    सखरखण्ड
    सखरखण्डमा प्रशस्त प्रोटिन पाईन्छ । तर खाली पेटमा यसको सेवन राम्रो नहुने चिकीत्सकको भनाई छ । कारण के छ भने यसमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ । परिणामस्वरुप पेट पोल्ने, पेट दुख्ने, जलन र पेट फुल्ने समस्या हुन्छ । त्यसैले सखरखण्ड बिहानै खाली पेटमा नखानु राम्रो हुन्छ ।

    कोल्ड ड्रिङ्स
    खाली पेटमा कहिले पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स वा सफ्ट ड्रिन्क्स । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । यस्ता पदार्थमा हुने कार्बोनेट एसिड र पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ । पेटमा ग्यास भरिने, वाकवाकि हुने, वान्ता हुने, असहज हुने, बारम्बार पाद आउने जस्ता समस्या हुन्छ ।

    औषधि
    औषधी कहिल्यै पनि खाली पेट खानु हुँदैन । बिरामी अवस्थामा शरीर एक त कमजोर भइरहेको हुन्छ त्यस्तो अवस्थामा खाली पेट औषधी नखान चिकित्सकहरु सुझाउँछन् । औषधि खाँदा त्यसको असर तत्काल देखिन्छ ।

    प्रतिरक्षा प्रणाली कमजोर बनेको अवस्थामा खाली पेट औषधि खाँदा रोगले झन थला पार्ने अवस्था आउँछ । केही औषधी छोडेर प्राय औषधी डाक्टरले पनि खाना खाएपछि खानको लागि भन्नुको कारण पनि यहि नै हो ।

    बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer