☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

साफ यु–२० फुटबल: भुटानमाथि भारतको जित


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । साविक विजेता भारतले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा भुटानमाथि कठिन जित निकालेको छ ।

    Advertisement

    ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतको जितमा मोनिरुल मोल्लले ३७औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । उहाँले कर्नरबाट प्राप्त बलमा हेड गोल गर्नुभएको थियो ।

    प्रतिस्पर्धात्म खेलमा भारत दोस्रो हाफमा नौ खेलाडीमा समेटिएर पनि जित सम्भव बनायो । दोस्रो हाफमा भुटान पनि १० खेलाडीमा समेटिएको थियो । फ्रिकिक बल मार्क गर्ने क्रममा दुई टोलीबिच हात हालाहाल हुँदा रेफ्रीले दुवै टोलीका खेलाडीलाई रातो कार्ड देखाएका थिए । तर दोस्रो हाफमा दुवै टोलीले गोल फर्काएन सकेनन् ।

    जितसँगै समूह ‘बी’ मा रहेको भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । भारतले समूहको अर्को खेल माल्दिभ्ससँग खेल्नेछ । भारत अघिल्ला तीन संस्करणको विजेता हो ।

    च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो । च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ ।

    समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।(गोरखापत्र)

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer