काठमाडौं । एसी मिलान इटालियन सिरी ‘ए’ मा आइतबार राती फियारेन्टिनासँग २-१ ले पराजित भएको छ । जितसँगै सात खेलमा १० अंक जोडेको फियारेन्टिना ११औँ स्थानमा उक्लिएको छ । पराजित मिलान ११ अंकका साथ छैटौँ स्थानमा छ ।
Advertisement
अर्टेमियो फ्रेन्ची रंगशालामा फियोरेन्टिनालाई जित दिलाउन याचिन एड्ली र एल्बर्ट गौमोन्डसनले गोल गर्नुभयो । मिलानका लागि क्रिस्टियन पुलिसिकले गोल फर्काउनुभयो ।
खेलको ३५औँ मिनेटमा एड्लीको गोलमार्फत् फियोरेन्टिनाले अग्रता लिएको थियो । ६०औँ मिनेटमा पुलिसिकले मिलानलाई बराबरीमा ल्याउनुभयो । गौमोन्डनसनले ७३औँ मिनेटमा गोल गर्दै फियोरेन्टिनालाई रोमाञ्चक जित दिलाउनुभयो । (एजेन्सी)




