काठमाडौं । नेपाल टेलिकमले दशैं र तिहारका सार्वजनिक बिदाका दिनहरुमा पनि आफ्ना ग्राहक सेवा काउन्टर सञ्चालन गर्ने भएको छ। टेलिकमले हिजो एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो।
Advertisement
विजया दशमी तथा शुभ दीपावली २०८१ को बिदाका दिनहरूमा नेपाल टेलिकमले आफ्ना ग्राहक वर्गको सुविधालाई ध्यानमा राखेर विजया दशमी तथा दीपावलीको बिदामा पनि विभिन्न मिति, समय र स्थानमा टेलिफोन, मोबाइल तथा इन्टरनेटको महसुल भुक्तानी, सिम वितरण तथा परिवर्तन सम्बन्धी कार्यका लागि काउन्टर खुला रहने टेलिकमले जनाएको छ।




