• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अष्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका महिला विश्वकपको फाइनलमा


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । दक्षिण अफ्रिका आईसिसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सर्वाधिक सफल टोली अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । बिहीबार राति सम्पन्न खेलमा अष्ट्रेलियाले दिएको १३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । दक्षिण अफ्रिकालाई फाइनलमा पुर्‍याउन एनेके बोशको अविजित ७४ रनको उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्नुभयो ।

    Advertisement

    कप्तान लौरा वोल्भार्ट (४२ रन) र बोस्चले दोस्रो विकेटका लागि ६५ बलमा ९६ रनको आक्रामक साझेदारी गर्दै दक्षिण अफ्रिकाको जितमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । वोल्भार्टले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गर्नुभयो भने ताज्मिन ब्रिट्सले १५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाउनुभयो ।

    यससँगै अष्ट्रेलियाको तीनपटकको लगातार उपाधि जित्ने यात्रामा पूर्णविराम लागेको छ । अफ्रिकाले पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको हो । टी-२० विश्वकपमा दक्षिण यी दुई टोलीले सन् २०२३ मा फाइनल खेलेका थिए, जसमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो । अब दक्षिण अफ्रिकाले आइतबार न्युजिल्याण्ड र वेष्ट इण्डिजबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । अष्ट्रेलियाले सन् २००९ देखि सुरु भएको प्रतियोगिताका सबै नौ संस्करणमा सेमिफाइनल खेलेको छ ।

    यसअघि ब्याटिङको निम्तो पाएपछि सुस्त सुरुवात गरेको अष्ट्रेलियन टोलीले ५ विकेटको क्षतिमा १३४ रनमात्र बनाएको थियो । यसअघि अष्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान बेथ मुनीले सर्वाधिक ४४ रन बनाउँदै अष्ट्रेलियाको स्कोरबोर्डमा निर्धारित २० ओभरमा १३४ रन पुर्‍याउनुभएको थियो । कप्तान ताहलिया म्याकग्राथले २७ रनको योगदान दिनुभयो । अन्त्यमा एलिस पेरीले २३ बलमा ३१ रन र फोबी लिचफिल्डले ९ बलमा अविजित १६ रनको योगदान दिनुभयो ।

    अष्ट्रेलियाले अन्तिम ४ ओभरमा ४० रन जोडेको थियो । बलिङतर्फ दक्षिण अफ्रिकाका आयाबोन्गा खाकाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिनुभयो । मारिजाने क्याप र नोनकुलुलेको म्लाबाले समान १-१ विकेट लिनुभयो । (एजेन्सी)

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer