• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्पेनको रोमाञ्चक जित, पोर्चुगल बराबरीमा


  •   बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा स्पेनले स्विट्जरल्याण्डविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ । सोमबार राती हेलियोडोरो रोड्रिग्वेज लोपेज रंगशालामा घरेलु टोली स्पेनलाई जित दिलाउन यारिमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले गोल गर्नुभयो । स्विट्जरल्याण्डका लागि जोयल मोन्टिरो र एन्डी जेकिरीले गोल फर्काउनुभयो ।

    Advertisement

    खेलको ३२औँ मिनेटमा पिनोको गोलमार्फत् स्पेनले अग्रता लिएको थियो । ६३औँ मिनेटमा मोन्टिरोले खेललाई बराबरीमा ल्याउनुभयो । गिलले ६८औँ मिनेटमा गोल गर्दा स्पेन २-१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा जेकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई २-२ को बराबरीमा ल्याउनुभयो । इन्जुरी समयमा जारागोजाले पेनाल्टीमार्फत् नै गोल गर्दै स्पेनलाई ३-२ को रोमाञ्चक जित दिलाउनुभयो ।

    जितसँगै ६ खेलमा १६ अंक जोडेर लिग ‘ए’ समूह-४ को शीर्ष स्थानमा रहेको स्पेन अर्को चरणमा प्रवेश गरेको छ । पराजित स्विट्जरल्याण्ड समान खेलबाट दुई अंकका साथ पुछारमा रहेर लिग ‘बी’ मा झरेको छ ।

    यसैगरी लिगकै अर्को खेलमा अग्रता जोगाउन नसक्दा पोर्चुगल घरेलु टोली क्रोएसियासँग १-१ को बराबरीमा रोकिएको छ । पोल्जुड रंगशालामा पोर्चुगलका लागि जोआओ फेलिक्स र क्रोएसियाका लागि जेस्को जिभार्डिओलले गोल गर्नुभयो । खेलको ३३औँ मिनेटमा फेलिक्सको गोलमार्फत् पोर्चुगलले अग्रता लिएको थियो । जिभार्डिओलले ६५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । उहाँले क्रिस्टिजन जाकिकको पासलाई सदुपयोग गर्नुभएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । यो नतिजासँगै ६ खेलमा १४ अंक जोडेर लिग ‘ए’ समूह-१ को शीर्ष स्थानमा रहेको पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ । समान खेलबाट आठ अंकका साथ दोस्रो स्थानमा रहेको क्रोएसियाले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ । यही समूहको अर्को खेलमा स्कटल्याण्डले पोल्याण्डविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता ग¥यो । डेनमार्क र सर्बिया गोलरहित बराबरीमा रोकिए । (एजेन्सी)

    बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer