काठमाडौं । म्यानमा सन् २०२३ मा एक हजार ५२ नागरिकको हताहतको उच्च रेकर्डसहित बारुती सुरुङ खतराका लागि विश्वको सबैभन्दा जोखिम युक्त देश बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार म्यान्मामा बालबालिका लागि तुलनात्मक रूपमा अवस्था डरलाग्दो रहेको छ ।
सामाजिक सञ्जाल एक्समा राष्ट्रसंघीय समाचार सेवाले म्यानमा सबैभन्दा बढीपीडितका साथ बारुती सुरुङ खतराको मुख्य मुलुक भएको जनाएको छ । राष्ट्रसंघीय बाल कोष (युनिसेफ) तथा बारुती सुरुङ प्रतिबन्धित गर्ने अन्तर्राष्ट्रिय अभियानको अध्ययनका अनुसार पनि म्यानमा बारुती सुरुङ तथा हतियार हताहतका लागि विश्वको सबैभन्दा घातक देश बनेको छ ।
पछिल्लो समयमा जुन्टाले देशव्यापी प्रतिरोधलाई दमन गर्न बारुती सुरुङ प्रयोग र प्रभाव दोब्बर बनाइरहेको म्यानमाका विशेष प्रतिवेदक टम एन्डुज र अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि हेबा हाग्रास विशेष प्रतिवेदकले बताउनुभएको छ ।
बारुती सुरुङ प्रभावले म्यानमाका बच्चाहरूमा अधिक प्रभाव पारेको युनिसेफको तथ्यांकलेसमेत प्रमाणित गरेको छ भने घर, विद्यालय, खेल मैदान, कृषिलगायत क्षेत्रमा हतियारहरू अन्धाधुन्ध राखिनाले बालबालिका लागि निरन्तर जोखिम बढेको जनाइएको छ । (एएनआई)




