• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रियल बराबरीमा रोकिँदा लिभरपुल हारबाट जोगियो


  •   सोमबार, पुष ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राती सम्पन्न खेलमा रियल घरेलु टोली रायो भायकानोसँग ३-३ को बराबरीमा रोकिएको हो । भायकानोका लागि युनाइ लोपेज, अब्दुल मुमिन र इसी पलाजोनले गोल गर्नुभयो । रियलका लागि फेडेरिको भाल्भर्डे, जुड बेलिङघम र रोड्रिगोले गोल गर्नुभयो । खेलको चौथो मिनेटमै लोपेजको गोलमार्फत् भायकानोले अग्रता लिएको थियो । ३६औँ मिनेटमा मुमिनले टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसको तीन मिनेटपछि भाल्भर्डेले गोल गर्दा खेल २-१ को स्थितिमा आएको थियो । ४५औँ मिनेटमा बेलिङघमले रियलका लागि बराबरी गोल फर्काउनुभयो । रियलले ५६औँ मिनेटमा रोड्रिगोको गोलमार्फत् ३-२ को अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन भने सकेन । पलाजोनले ६४औँ मिनेटमा बराबरी गोल गर्दै रियलबाट अंक खोस्नुभयो ।

    Advertisement

    बायाँ तिघ्राको चोटका कारण स्ट्राइकर केलियन एमबाप्पे अनुपस्थित रहँदा रियल केही कमजोर देखिएको थियो । भिनिसियस जुनियर वैकल्पिक खेलाडीका रूपमा दोस्रो हाफमा मैदान छिर्नुभएको थियो । रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले लोपेज र मुमिनलाई क्रसमा रोक्न नसकेको बताउनुभयो । ‘गत सिजन पनि हामीले यहाँ बराबरी खेलेका थियौँ । तर, अन्ततः लिग जित्यौंँ । हामी सही बाटोमा छौँ र यो बराबरीबाट अघि बढ्दै अर्को खेलमा ध्यान दिनु महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो । रायो भालेकानोसँग ३-३ गोलको रोमाञ्चक बराबरीमा खेलेसँगै रियल मड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई उछिन्ने मौका गुमाएको छ । बराबरीसँगै १७ खेलमा ३७ अंक जोडेको रियल दोस्रो स्थानमा छ । भायकानो १९ खेलबाट २० अंकका साथ १३औँ स्थानमा छ । रियलले बुधबार इन्टरकन्टिनेन्टल कपको फाइनल खेलमा मेक्सिकन क्लब पाचुकासँग प्रतिस्पर्धा गर्ने छ ।

    यता, इंग्लिस प्रिमियर लिगमा लिभरपुल पनि बराबरीमा रोकिएको छ । शनिबार राती सम्पन्न खेलमा लिभरपुल फुलहमसँग २–२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो र डियागो जोटाले गोल गर्नुभयो । फुलहमका लागि आन्द्रेस परेरा र रोड्रिगो मुनिजले गोल गर्नुभयो । खेलको ११औँ मिनेटमा परेराको गोलमार्फत् फुलहमले अग्रता लिएको थियो । १७औँ मिनेटमा एन्ड्रियु रोबर्टसनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

    दोस्रो हाफको सुरुवातमै गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काउनुभयो । ७६औँ मिनेटमा मुनिजले गोल गर्दा फुलहम २१ ले अगाडि बढेको थियो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा जोटाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाउनुभयो ।

    लगातार दोस्रो खेलमा अंक बाँडेसँगै लिभरपुलको अग्रता कमजोर हुँदै गएको छ । लगातार अंक बाँड्नुपर्दा लिभरपुलको शीर्ष स्थानमा अन्य टोलीहरूले चुनौती दिने स्थितिमा आएको छ । शीर्ष स्थानको लिभरपुलको १५ खेलबाट ३६ अंक छ । जुन दोस्रो स्थानको चेल्सीभन्दा पाँच अंकमात्रै बढी हो । फुलमह १६ खेलबाट २४ अंकका साथ नवौँ स्थानमा छ ।

    अन्य खेलमा इप्सवीच टाउनले उल्भरहृयाम्पटन र नटिङघम फरेस्टले एस्टन भिल्लालाई समान २–१ तथा न्युक्यासल युनाइटेडले लेस्टरसिलाई ४-० ले पराजित गरे । यसैगरी आर्सनल एभर्टनसँग गोलरहित बराबरीमा रोकियो । (एजेन्सी)

    सोमबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer