• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

फ्रेन्च लिग वानमा लिल र मोन्टपिलरको जित


  •   आइतबार, माघ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा लिल विजयी भएको छ । शुक्रबार राती भएको खेलमा लिलले नाइसविरुद्ध २-१ गोलको पुनरागमन जित दर्ता गरेको हो । खेलको पहिलो हाफमा नाइसले सोफियान डियोपको गोलबाट अग्रता लिएको थियो । २९औँ मिनेटमा डियोपले बक्सभित्रको उत्कृष्ट फिनिसिङमार्फत् नाइसलाई १-० को अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको सुरुमै लिलले खेललाई बराबरीमा ल्यायो ।

    Advertisement

    ४८औँ मिनेटमा हाकोन अरनार हराल्डसनले जोनाथन डेविडको पासमा बायाँबाट उत्कृष्ट प्रहार गर्दै गोल गर्नुभएको थियो । ६३औँ मिनेटमा बाफोडे डियाकिटेले निर्णायक गोल गर्नुभयो । डियाकिटेले उत्कृष्ट फिनिसिङ गर्दै लिललाई २-१ को अग्रता दिलाउनुभयो । जितसँगै लिलले लिग वानमा १८ खेलपछि ३२ अंक पुर्‍याएको छ ।

    यस्तै, लिगकै अर्को खेलमा तालिकाको पुच्छारमा रहेको मोन्टपिलरले चौथो स्थानमा रहेको मोनाकोलाई पराजित गरेको छ । घरेलु मैदानमा मोन्टपिलरले १ गोलले पछि परेको अवस्था उल्ट्याउँदै २-१ को जित दर्ता गरेको हो । मोन्टपिलरको जितमा जोर्डनका खेलाडी मुसा अल-तामारीले दोस्रो हाफमा दुई गोल गर्नुभयो । खेलको सुरुवाती चरणमा पाहुना टोली मोनाकोले निकै प्रभावशाली प्रदर्शन गरेको थियो । बेन्जामिन लेकन्टले इल्येस बेन सेघिरका दुई उत्कृष्ट प्रयासहरू रोक्दै मोन्टपिलरलाई खेलमा टिकाउनुभएको थियो ।

    तर, ३१औँ मिनेटमा लामिन केमारले दिएको कर्नर बलमा जर्मन डिफेन्डर थिलो केररले हेडर गोलमार्फत् मोनाकोलाई अग्रता दिलाउनुभयो । पहिलो हाफमा एक गोलले अघि रहेको मोनाकोविरुद्ध दोस्रो हाफमा मोन्टपिलरका मुसा अल-तामारीले उत्कृष्ट प्रदर्शनले खेलको नतिजा आफ्नो पक्षमा पार्नुभयो । काउन्टर अट्याकबाट ५४औँ मिनेटमा पहिलो गोल गर्नुभयो । त्यसपछि खेलको ८२औँ मिनेटमा अर्को गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभयो ।

    आइतबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer