• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बार्सिलोनाको पुनरागमन जित, लिभरपुललाई तीन अंकको अग्रता


  •   बिहिबार, माघ ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले सानदार पुनरागमन गरेको छ । बेन्फिकाको मैदानमा लगातार पछि परेको अवस्थाबाट बार्सिलोनाले ५-४ को पुनरागमन जित दर्ता गरेको हो । ९ गोल भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५-४ ले पराजित गर्‍यो । बार्सिलोनाले रोमाञ्चक कमब्याक गर्दै तीन अंक जोडेको छ ।

    Advertisement

    बार्सिलोनाको जितमा रोबार्टो लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गर्नुभयो । एरिक ग्रासियाले एक गोल थप्नुभयो । यसअघि घरेलु टोली बेन्फिकाका लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले हृयाट्रिक गर्नुभएको थियो । बार्सिलोनाका रोनाल्डो अरौजोले आत्मघाती गोल गर्नुभयो ।

    खेलको पहिलो गोल दोस्रो मिनेटमा गर्दै घरेलु टोलीले बार्सिलोनालाई दबाबमा राखेको थियो । पहिलो हाफमा घरेलु टोली ३-१ ले अघि थियो । ६८औँ मिनेटसम्म ४-२ ले पछि परेको बार्सिलोनाले खेलमा उत्कृष्ट कमब्याक जित निकालेको हो । जितपछि बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ । सातमध्ये पाँच खेल जितेको बार्सिलोनाको १६ अंक छ । शीर्ष स्थानको लिभरपुलको २१ अंक छ । ११ अंकसहित बेन्फिका १६औँ स्थानमा छ । अन्य खेलहरूमा भने स्लोभन ब्राटिसलाभाले स्टुटगार्टसँग ३-१ को हार बेहोरेको छ । यसैगरी, पिएसभीले क्रेभाना ज्वेदालाई ३-२ ले हराएको छ ।

    यता, लिभरपुलले भने लिगमा तीन अंकको अग्रता कायम राखेको छ । मंगलबार राती भएको खेलमा इङ्लिस क्लब लिभरपुलले फ्रेन्च टोली लिललाई २-१ ले हराउँदै लिभरपुलले ३ अंकको अग्रता कायम राखेको हो । एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गर्नुभयो । १० खेलाडीमा सीमित लिलका लागि जोनाथन डेविडले एक गोल फर्काउनुभयो । जितपछि सात खेलमा शीर्ष स्थानको लिभरपुलको २१ अंक छ ।

    अर्को स्पेनी क्लब एट्लेटिको मड्रिडले बेयर लेभरकुजेनमाथि २-१ को पुनरागमन जित हात पार्‍यो । ९०औँ मिनेटमा जुलियन आल्भारेजले गोल गर्दै टोलीलाई जित दिलाउनुभयो । पाब्लो बारियोसले २३औँ मिनेटमा रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । लेभरकुजेनका लागि पिएरो हिन्कापिएले हेडरबाट गोल गरेपछि पहिलो हाफमा एट्लेटिको १-० ले पछि परेको थियो । आल्भारेजले ५२औँ मिनेटमा गोल गर्दै खेलको लय परिवर्तन गर्नुभयो र हिन्कापिएले दोस्रो पहेँलो कार्ड पाएर बाहिरिएपछि फेरि अर्को गोल गर्दै एट्लेटिकोलाई तेस्रो स्थानमा पुर्‍याउनुभएको हो । एट्लेटिकोले सात खेलबाट १५ अंक पुर्‍याएको छ । समान खेल खेलेको लेभरकुजेन १३ अंकसहित छैटौं स्थानमा छ । (एजेन्सी)

    बिहिबार, माघ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer