☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

भारतको लगातार दोस्रो जित


  •   सोमबार, माघ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । घरेलु टोली भारतले इंग्ल्याण्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा दुई विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । शनिबार राती चेन्नईस्थित एम चिदम्बरम क्रिकेट मैदानमा इंल्याण्डले दिएको १६६ रनको लक्ष्य भारतले चार बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूरा गर्‍यो । जितसँगै पाँच खेलको शृंखलामा भारत २-० ले अघि छ । भारतका लागि तिलक बर्माले ५५ बलमा ५ छक्का र ४ चौकाको मद्दतले अविजित ७२ रन बनाउनुभयो । बर्मालाई सानदार इनिङ्सका लागि प्लेयर अफ द म्याचको उपाधि पनि दिइएको थियो ।

    Advertisement

    वासिङ्टन सुन्दरले २६ तथा अभिषेक शर्मा र कप्तान सूर्यकुमार यादवले समान १२ रन बनाउनुभयो । इंग्ल्याण्डका लागि ब्रेडन कार्सेले तीन तथा जोफ्रा आर्चर, मार्क उड, आदिल रासिद, जिमी ओभरटन र लियम लिभिङस्टोनले समान एक विकेट लिनुभयो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । इंल्याण्डका लागि कप्तान जोस बट्लरले ४५, ब्रेडन कार्सेले ३१, जिमी स्मिथले २२, हृयारी ब्रुक र लियम लिभिङ्स्टोनले समान १३, जोफ्रा आर्चरले अविजित १२ र आदिल रासिदले १० रन बनाउनुभयो । भारतका लागि अक्षर पटेल र वरुण चक्रवर्तीले समान दुई तथा अर्शदीप सिंह, हार्दिक पाण्डेय, वासिङ्टन सुन्दर र अभिषेक शर्माले समान एक विकेट लिनुभयो । तेस्रो खेल मंगलबार हुनेछ ।

    तिलकको अनौठो कीर्तिमान
    तिलकले टी-२० अन्तर्राष्ट्रियमा अनौठो कीर्तिमान बनाउनुभएको छ । तिलक आउट नभई लगातार सर्वाधिक रन बनाउने खेलाडी बन्नुभएको हो । तिलक टी-२० अन्तर्राष्ट्रियमा पछिल्लो चार इनिङ्समा एकपटक पनि आउट हुनुभएको छैन । उहाँको पछिल्लो चार इनिङ्सको स्कोर नटआउट १०७, १२०, १९ र ७२ रन छ । यसरी उहाँले अहिलेसम्म आउट नभई ३१८ रन बनाउनुभएको छ । उहाँले न्युजिल्याण्डका मार्क च्यापम्यानको कीर्तिमान तोड्नुभएको छ । च्यापम्यानले चार इनिङ्समा नटआउट रहँदा २७१ रन बनाउनुभएको थियो । एजेन्सी ।

    सोमबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer