• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा


  •   शनिबार, माघ २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकी टोली मलेसियामा जारी आईसीसी महिला यू-१९ टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पाँच विकेटले हराएको हो ।

    Advertisement

    टस जितेर पहिले ब्याटिङको निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले १८.१ ओभरमा केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । दक्षिण अफ्रिकाको जितमा ओपनर जेमा बोथाले महत्वपूर्ण योगदान गर्नुभयो । उहाँले ३७ रन जोड्नुभयो । यस क्रममा उहाँले २४ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि प्रहार गर्नुभयो । अर्की ओपनर सिमोन लाउरेन्स भने पाँच रनमै आउट हुनुभयो । यस्तै, कप्तान कायला रेनेकले २६ र कराबो मिसोले १९ रन बनाउनुभयो ।

    अष्ट्रेलयाका लागि हसरत गिल र कप्तान लुसी हृयामिल्टनले समान २ तथा क्लोए एन्सवर्थले १ विकेट लिनुभयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो । अष्ट्रेलियाका लागि काओइमेह ब्रेले ३६, एला ब्रिस्कोले अविजित २७ र लुसी हृयामिल्टनले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    दक्षिण अफ्रिकाका लागि एश्ले भान विकले ४, नथाबिसेङ निनी, सेश्नी नायडु र कायला रेनेकले समान १ विकेट लिनुभयो । दक्षिण अफ्रिकाले उपाधिका लागि भारत र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    शनिबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer