☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अष्ट्रेलियाले जित्यो टेष्ट सिरिज


  •   सोमबार, माघ २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । अष्ट्रेलियाले श्रीलंकाविरुद्धको दोस्रो टेष्ट नौ विकेटले जितेको छ । अष्ट्रेलिया यो जितसँगै सिरिज दुई-शून्यले जित्न सफल भएको हो । अष्ट्रेलिया टिमले १३ वर्षपछि श्रीलंकामा टेष्ट सिरिज जितेको हो । यसअघि अष्ट्रेलियाले श्रीलंकामा २०११ मा जित हासिल गरेको थियो । त्यसपछि श्रीलंकामा भएका दुई सिरिजमा एक खेल श्रीलंकाले जितेको थियो भने अर्को एउटा बराबरी भएको थियो ।

    Advertisement

    अब यी दुई टिमबीच दुई खेलको एकदिवसीय शृंखला हुनेछ । शृंखलाको पहिलो खेल १२ फेब्रुअरीमा कोलम्बोमा हुनेछ । दोस्रो टेष्टमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले पहिलो इनिङ्समा २५७ रन बनाउँदा कुशल मेन्डिसले अविजित ८५ रन र दिनेश चन्डिमलले ७४ रन बनाउनुभएको थियो ।

    जवाफमा अष्ट्रेलियाले पहिलो इनिङ्समा स्टिभ स्मिथ र एलेक्स क्यारीको शतकीय योगदानमा ४१४ रन बनायो । कप्तान स्मिथले १३१ रन बनाउँदा क्यारीले १५६ रन बनाउनुभएको थियो ।

    पहिलो इनिङ्समा १५७ रनको अग्रता बनाएको अष्ट्रेलियाविरुद्ध जवाफी इनिङ्स सुरु गरेको श्रीलंका दोस्रो इनिङ्समा २३१ रनमा अलआउट भएको थियो । उसका लागि एन्जेलो म्याथ्युजले ७६ रन तथा कुशल मेन्डिसले ५० रनको इनिङ्स खेल्नुबाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन ।

    समग्रमा दोस्रो इनिङ्समा ७५ रनको लक्ष्य पाएको अष्ट्रेलियाले उक्त लक्ष्य एक विकेट गुमाएर पूरा गर्दै सिरिज क्लिन स्विप गर्‍यो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजा २७ र मार्नुस लबुसेन २६ रनमा अविजित रहँदा ट्रेभिस हेड २० रनमा आउट हुनुभयो ।(हिमालय टाइम्स)

    सोमबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer