☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

क्यानडामा प्रधानमन्त्री मार्कको लिबरल पार्टी विजय


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • एजेन्सी । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीको लिबरल पार्टीले आमनिर्वाचनमा अभूतपूर्व विजय हासिल गरेको छ । लिबरल पार्टीको जितलाई आश्चर्यजनक नतिजा मानिएको छ । किनभने, तीन महिनाअघिको मत सर्वेक्षणमा यो पार्टी कन्जरभेटिभभन्दा पछि परेको थियो । कर्नी र उहाँको पार्टीको जितका पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको बताइएको छ ।

    Advertisement

    ट्रम्पले गएको जनवरीमा राष्ट्रपति पद सम्हालेपछि क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने धम्की दिनुभएको थियो । यस्तै, आयात कर र ट्रम्पले क्यानडालाई लगातार डराउने कार्य गरेकाले ‘सेन्ट्रल लेफ्ट’ पार्टीको भाग्यमा नाटकीय परिवर्तन आएको बिबीसीले जनाएको छ ।
    केही समयअघिसम्म क्यानडेली अर्थतन्त्रको अवस्था र तत्कालीन नेता जस्टिन टुडोको दश वर्षे लिबरल सरकारप्रति असन्तुष्टिका कारण सर्वेक्षणक्रममा पियर पोइलिभ्रेको कन्जरभेटिभ पार्टीले ठूलो अग्रता बनाएको थियो । कर्नीको पार्टीले संसद्मा बहुमत हासिल गर्न आवश्यक पर्ने सांसद संख्या जित्ने/नजित्ने भने अन्तिम नतिजा सार्वजनिक नभएसम्म निश्चित नभएको बिबीसीले जनाएको छ ।

    अमेरिकाअन्तर्गत राख्न अमेरिकी राष्ट्रपति ट्रम्प हामीलाई फुटाउन खोज्दै छन्, तर हामी यो कहिल्यै हुन दिने छैनौं’, प्रधानमन्त्री कर्नीले आफ्नो जितपछि समर्थकलाई सम्बोधन गर्दै भन्नुभएको छ । पराजित कन्जरभेटिभ पार्टीका नेता पोइलिभ्रेले यो निर्वाचनबाट ‘कडा’ सिकाइ प्राप्त भएकोे बताउनुभएको छ ।

    केही समयअघि क्यानडामा टुडोलाई राजीनामा दिन लगाएर एक गैरराजनीतिक र बैंक अफ इंल्याण्डका पूर्वप्रमुख कर्नीलाई पार्टीको नेता चयन गरिएको थियो । उहाँको पार्टीले ट्रम्पले क्यानडाको अर्थतन्त्रमात्र नभई सम्प्रभुतालाई पनि धम्की दिएको भन्दै लगातार कडा अभियान चलाएको थियो ।

    यता क्यानडाको न्यू डेमोक्रेटिक पार्टी (एनडीपी)का नेता जगमित सिंह चुनावमा पराजयपछि पार्टी नेता पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै जगमित सिंहले भन्नुभएको छ, ‘यो न्यू डेमोक्र्याटहरूका लागि निराशाको रात हो । हामी लड्न छोडेपछि मात्र हार्छौं ।’ क्यानडाको आमचुनावमा एनडीपीको प्रदर्शन निराशाजनक रहेको छ । चुनावमा यो केवल आठ सिटमा मात्र सीमित हुनसक्ने बताइएको छ । क्यानडामा, हाउस अफ कमन्समा दलको हैसियत प्राप्त गर्न दलहरूलाई कम्तीमा १२ सिट आवश्यक पर्दछ ।

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer