• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेसीको मियामी सेमिफाइनलबाट बाहिरियो


  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेसीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मियामी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत सेमिफाइनलमा भान्कुभर हृवाइट क्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मियामीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मियामी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो ।

    Advertisement

    बुधबारको खेलमा जोर्डी अल्बाले खेलको सुरुवाती समयमा गोल गर्दै खेलमा इन्टर मियामीलाई फर्काउनुभएको थियो । तर, मिडफिल्डर सबास्टियन बेर्हाल्टरले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल र २ असिस्ट दिएपछि भान्कुभर जित दर्ता गर्न सफल रहृयो । दोस्रो सेमिफाइनलमा मेक्सिकोको क्रुज अजुल र टिग्रेस भिड्नेछन् । फाइनल जुन १ मा हुनेछ ।

    यसैगरी पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सम्मिलित साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटबाट बाहिरिएको छ । यससँगै साउदी अरबमा ठूलो उपाधि जित्ने रोनाल्डोको पर्खाइ अझै लम्बिने भएको छ । बुधबार राती भएको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

    यो नतिजासँगै टोलीको फाइनल पुग्ने आशा समाप्त भएको छ । सेबास्टियन बर्हाल्टरले पनि भ्यान्कुभरका लागि गोल गर्नुभयो । दुई लेगको समग्र स्कोर ५-१ हुँदा भ्यान्कुभर अब जुन १ मा क्रुज अझुल वा टिग्रेस युएएनएएलसँग उपाधि भिडन्तमा खेल्नेछ ।

    गत बिहीबार पहिलो लेगमा इन्टर मियामी २-० ले पराजित भएको थियो । मियामीलाई दोस्रो लेगमा कम्तीमा तीन गोलको अन्तरले जित्नुपर्ने अवस्था थियो । तर, त्यसको सम्भावना दोस्रो हाफको सुरुमै सकिएको थियो ।

    खेलको नवौं मिनेटमा लुइस सुआरेजको पासमा जोर्डी आल्बाले मियामीका लागि यस सिजनको पहिलो गोल गर्दै अग्रता दिलाउनुभयो । यो पराजयसँगै मियामी मेसी युगमा पहिलोपटक लगातार तीन खेल हार्ने अवस्थाबाट गुज्रेको छ ।

    बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी
    युइएफए च्याम्यिन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेलेका छन् । एस्टाडी ओलिम्पिक लुइस कम्पनीसमा भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टरले ३-३ गोलको बराबरी खेलेका हुन् ।

    खेलमा घरेलु टोली बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेसले एक-एक गोल गर्दा एक गोल भने यान सोमरद्वारा आत्मघाती उपहार पाएको हो । पाहुना टोली इन्टरका लागि डेनजेल डम्फ्रिजले दुई तथा मार्कश थुरमले एक गोल गर्नुभयो ।

    खेलको सुरुवाती पहिलो मिनेटमै थुरमले गोल गर्दै इन्टरलाई अग्रता दिलाउनुभएको थियो । डम्फ्रिजले २१औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाउनुभयो । २-० ले पछि परेको अवस्थामा यामलले २४औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउनुभयो ।

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer