काठमाडौं । नेपालस्थित केई इभीको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्सले ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार काठमाडौंको थापाथलीस्थित केई शोरुममा वैशाख २६ देखि २८ गतेसम्म कार्निभल हुँदैछ । केई एक्सचेन्ज कार्निभल २०८२ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफर रहेका छन् । पुराना गाडीसँग ई-क्युट ०२, ई-क्युट ०४ र एक्स ३ प्रो गरी केई इभीका तीन मोडल विशेष अफरसाथ एक्सचेन्ज गर्न सकिनेछ ।
ग्राहकले एक्सचेन्ज योजनाअन्तर्गत विशेष अन-द-स्पट सवारी साधन मूल्यांकन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा दुर्ईजनाका लागि क्युएफएक्स हलमा फिल्मका टिकट प्राप्त गर्न सक्छन् ।
यसमा थप बीमा, सडक कर कभरेज र चयन गरिएका मोडलमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । प्रत्येक बुकिङका साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिनेछ । कार्निभलको उद्देश्य स्मार्ट र थप रमाइलो तरिकाले विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्न प्रोत्साहित गर्नु हो । कार्निभलले सुविधा, बचत र उत्सवमा केन्द्रित हुँदै इभीका पारखी र उनीहरूका परिवारका लागि मनोरञ्जनसँगै केईका उत्पादनबारे जानकारी गराउने लक्ष्य राखेको छ ।
चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटोले इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधन उत्पादन गरिरहेको छ, जुन पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एसियालगायतका देशमा निर्यात गरिन्छ ।




