• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अष्ट्रेलियामा अल्बानिजको पक्षमा शानदार जित, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ६२ वर्षीय अल्बानिज र उहाँकी हुनेवाला जीवन संगीनी हेडन पुरानो सिड्नीको भित्री भागमा रहेको क्याँफे इटालियामा पुग्दा त्यहाँका बासिन्दाले उहाँहरूलाई ताली बजाएर स्वागत गरेका थिए ।

    Advertisement

    अल्बानिजको लेबर पार्टीले १५० सदस्यीय संसद्मा कम्तीमा ८३ सिट जित्ने अनुमान गरिएको आंशिक परिणामले देखाएको छ । विपक्षी नेता पिटर डटनको कन्जरभेटिभ लिबरल-नेसनल गठबन्धनले जम्मा ३८ सिट अन्य दलले १२ सिट जितेका छन् भने अन्य १७ सिटको अझै मत परिणाम आइसकेको छैन ।

    ‘हामी हाम्रो दोस्रो कार्यकालमा सरकारका क्रियाकलापलाई ‘अनुशासित र व्यवस्थित’ रूपमा अघि बढाउने पहल गर्नेछौं’, अल्बानिजले निर्वाचन परिणाम आफ्नो पक्षमा आएको सुनिश्चततापछि क्याँफेमा गरिएको पत्रकार सम्मेलनमा भन्नुभयो । ‘हामी हरेक दिन कडा परिश्रम गर्नेछौँ’, उहाँले भन्नुभयो ।

    अल्बानिजको कडा आलोचकका रूपमा निर्वाचनमा होमिएका विपक्षी नेता तथा पूर्व प्रहरी डटनले निर्वाचनमा आफ्नै सीट गुमाउनुको दुर्लभ अपमान सहनुपर्‍यो । उहाँलाई आलोचकहरूले नागरिक सेवामा कटौती गर्ने नीतिहरूको लागि ‘ट्रम्प-लाइट’ को संज्ञा दिनुभएको थियो ।
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापार शुल्क र उनीहरूले फैलाएको अराजकता लेबर पार्टीको विजयमा सबैभन्दा ठूलो कारक नहुन सक्छ तर विश्लेषकहरूले तिनीहरू बिजयका लागि सहयोगी बनेको बताएका छन् । निर्वाचन परिणामको व्याख्या गर्दै युनिभर्सिटी अफ सिड्नीका राजनीति शास्त्रका प्राध्यापक हेनरी माहेरले भन्नुभयो, ‘पछिल्ला केही महिनामा चुनावी अभियानका क्रममा मतदाताको ठूलो हिस्सा परिवर्तन भएको छ । मलाई लाग्छ यो सबैभन्दा महत्वपूर्ण कुरा हो । अस्थिरताको समयमा मतदाताले स्थिरतालाई नै रोजेका छन् ।’ अल्बानिजको जीतको परिमाणले उहाँको आफ्नै पार्टीलाई आश्चर्यचकित बनाएको छ । लेबर पार्टीका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका जिम चाल्मर्सले भन्नुभयो, ‘देश अझै आर्थिक संकटतर्फ गइरहेको छ ।’

    चाल्मर्सले राष्ट्रिय प्रसारणकर्ता एबीसीसँग भन्नुभयो, ‘यो जीत हाम्रो अपेक्षाभन्दा बाहिर रहेको थियो, यद्यपि, त्यो इतिहास रच्ने रात थियो र मतदाताले एकपटक फेरि आफ्नो अभिमत लेबर पार्टीको पक्षमा दिएका छन् ।’ उहाँले भन्नुभयो, ‘दबाबमा रहेका अस्ट्रेलियालीहरू ‘अनिश्चित समयमा स्थिरता’ चाहन्छन् । यो जित ‘नम्रताको स्वस्थ सहयोग’ का साथ आएको हो ।’

    अल्बानिजले नवीकरणीय ऊर्जालाई अंगीकार गर्ने, कर कटौती गर्ने, बिग्रँदो आवास संकटको सामना गर्ने र कर्कश स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने वाचा गर्नुभएको छ । अष्ट्रेलियाको निर्वाचनले डट्टनको आप्रवासनलाई कम गर्ने, अपराधमा कडाई गर्ने र आणविक शक्तिमा लामो समयदेखिको प्रतिबन्ध हटाउने कुरालाई भन्दा स्थिरताको निरन्तरतालाई रोजेको छ । (एएफपी)

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer