काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १४ र १५ का चेपाङ समुदायलाई खाद्य सामग्री वितरण गरेको छ । बैंकका बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले चेपाङ समुदायका ६३ परिवारलाई एक कार्यक्रमबीच उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।
Advertisement
बैंकले विपन्न तथा पिछडिएका वर्गमा यस किसिमको कार्यक्रम समय-समयमा गर्दै आएको छ । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।




