• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कूटनीतिक सम्बन्ध सुधार गर्न भारत-क्यानडा सहमत


  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
  • काठमाडौं । भारतका विदेशमन्त्री सुब्रहृमण्यम जयशंकरले आफ्ना क्यानडाली समकक्षीसँग कुरा गरेको र दुवै पक्षले सम्बन्ध सहज बनाउन खोजिरहेको बताउनुभएको छ । आइतबार राति भएको टेलिफोन वार्ता मार्चमा मार्क कार्नी क्यानडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबीचको सबैभन्दा उच्च कूटनीतिक सम्पर्क हो ।

    Advertisement

    सन् २०२३ मा क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नता रहेको आरोप लागेपछि क्यानडा र भारतबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो । विदेशमन्त्री जयशंकरले नवनियुक्त विदेशमन्त्री अनिता आनन्दसँग ‘भारत–क्यानडा सम्बन्धका सम्भावनाहरूबारे छलफल गरेको’ र ‘उहाँको कार्यकाल सफल हुने कामना गरेको’ बताउनुभयो ।

    आनन्दले एक्समा उहाँ ‘क्यानडा-भारत सम्बन्धलाई बलियो बनाउन, हाम्रो आर्थिक सहयोगलाई गहिरो बनाउन र साझा प्राथमिकताहरूलाई अगाडि बढाउन’ इच्छुक रहेको बताउनुभयो । आनन्दका अभिभावकहरू भारतका थिए । क्यानडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’का कार्यकर्ता छन् । खालिस्तान धार्मिक अल्पसंख्यकका लागि भारतीय क्षेत्रबाट काटेर स्वतन्त्र राज्य खोज्ने सीमान्तकृत पृथकतावादी आन्दोलन हो ।

    ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो । निज्जर एक प्रमुख खालिस्तान अभियानकर्ता थिए ।

    भारतले यी आरोपहरूलाई बारम्बार खारेज गरेको छ । उक्त आरोपछि दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई गहिरो संकटमा पारेको थियो र गत वर्ष दुवै मुलुकले शीर्ष कूटनीतिज्ञहरूको शृंखलालाई निष्काशन गरेका थिए । खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यसलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।

    यो भारत र ठूलो सिख जनसंख्या भएका धेरै पश्चिमी राष्ट्रहरूबीचको कटु मुद्दा भएको छ । भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध नयाँदिल्लीले कडा कारबाहीको माग गर्छ र मुख्य नेताहरूलाई ‘आतंकवाद’को आरोप लगाइएको छ । क्यानडाले अर्को महिना जी–७ शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ देखिका शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको छ । सन् २०१९ मा फ्रान्सले उहाँलाई बियारिट्जमा आमन्त्रित गरेको थियो । मोदीलाई क्यानडामा निम्तो दिइएको छ कि छैन भन्ने बारेमा कुनै विवरण छैन । (एएफपी)

    मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer