☰
शनिबार, कार्तिक ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

इंग्ल्याण्ड, युइएफए महिला युरो २०२५ को अन्तिम चारमा


  •   शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । इंग्ल्याण्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको गरेको छ । स्विडेनसँग २-० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३-२ को जित निकाल्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो । लुसी ब्रोन्जले इंग्ल्याण्डको लागि सातौं पेनाल्टीमा गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्‍याउनुभएको हो । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो ।

    Advertisement

    स्विडेनले सात पेनाल्टीमध्ये केबल दुई गोल गर्न सक्यो । इंग्ल्याण्डकी गोलकिपर हाना हृयाम्प्टनले दुई पेनाल्टी रोक्न सफल हुनुभयो । स्विडिस गोलकिपर जेन्निफर फाल्कले चार पेनाल्टी बचाउनुभयो । तर, फाल्क आफैं भने पेनाल्टीमा गोल गर्न चुक्नुभयो । ज्युरिचमा भएको खेलमा अन्तिम ११ मिनेट बाँकी रहँदा खेलमा बराबरी गर्दै इंग्ल्याण्डले जितको आधार तयार पारेको थियो ।

    कप्तान कोसोभारे अस्लानी दोस्रो र फरवार्ड स्टिना ब्ल्याकस्टेनियसले २५औं मिनेटमा गोल गर्दै स्विडेन २-० ले अघि बढाउनुभएको थियो । इंग्ल्याण्डले त्यो समयसम्म खासै अवसर सिर्जना गर्न सकेको थिएन । ७९औं मिनेटमा क्लोई केलीको क्रसमा ब्रोन्जले हेडमार्फत् गोल फर्काउनुभयो । त्यसको दुई मिनेटपछि परिवर्तित खेलाडी मिशेल अगेमाङले नजिकैबाट बराबरी गोल गर्नुभयो । (एजेन्सी)

    शनिबार, साउन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer