• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

गाजामा भईरहेको खाद्य संकट प्रति राष्ट्रसंघको गम्भीर चिन्ता


  •   आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् ।

    Advertisement

    संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय (ओसीएचए) ले सार्वजनिक गरेको प्रतिवेदनमा इजरायली प्रशासनले गाजाको उत्तरी क्षेत्रमा पुनः जबरजस्ती विस्थापनको आदेश दिएको उल्लेख गरिएको छ । त्यहाँका अस्पतालमा उपचारको अभावका कारण कुपोषित बालबालिका र वयस्कहरू ज्यान जोखिममा परेका छन् । पछिल्ला दिनहरूमा इन्धन संकट अझै चर्किएको छ । सीमित मात्रामा इन्धन आए तापनि फोहर व्यवस्थापन रोकिएको छ भने डिर अल बलाह क्षेत्रमा पानीका कुवाहरू बन्द भएका छन् ।

    यस्तै, डायलाइसिस जस्ता जीवनरक्षक स्वास्थ्य सेवाहरू पनि बन्द हुनुका साथै अन्य सेवा रोक्ने तयारी भइरहेको छ । मानवीय सहायता गाजाभित्र प्रवेश गराउन गरिएको प्रयास पनि निरन्तर असफल हुँदै गएको छ । हालैका १३ प्रयासमध्ये केवल सात प्रयासमा मात्र इजरायली प्रशासनले अनुमति दिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    संगठनले गाजामा युद्ध, विस्थापन, भोकमरी, इन्धन अभाव र जनमानसमा बढ्दो निराशालाई सामूहिक अभाव सामान्यजस्तो बन्दै गएको त्रासदीपूर्ण अवस्था भएको टिप्पणी गरेको छ । यसैबीच, गाजामा खाद्यान्नको गम्भीर अभावले दुर्भिक्षको अवस्था ल्याएको र अन्तर्राष्ट्रिय समुदाय भने अझै मौन रहेकोमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूले खेद प्रकट गरेका छन् । (क्युएनए)

    आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer