• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मेसी पुन: घाइते


  •   सोमबार, साउन १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । इन्टर मियामीका कप्तान लिओनल मेसी फेरि घाइते हुनुभएको छ, आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको खेलको सुरुवातमै उहाँ घाइते हुनुभएको हो । खेलको आठौं मिनेटमा दुई डिफेन्डरको बीचमा पेनाल्टी क्षेत्रतिर दौडिरहँदा मेसी लड्नुभएको थियो । त्यसपछि उहाँ बाहिरिनुभएको थियो ।

    Advertisement

    ११औँ मिनेटमा उहाँलाई फेडेरिको रेडोन्डोले प्रतिस्थापन गर्नुभएको थियो । मेसी बाहिरिए पनि मियामीले जित भने निकाल्यो । निर्णायक पेनाल्टीमा लुइस सुवारेजले जाली चुमाउँदा मियामीले ५-४ को जित निकाल्यो ।

    मेसीले आफ्नो करिअरभर थुप्रैपटक हृयामस्ट्रिङको चोट भोग्नुभएको छ । पछिल्लो केही सिजनमा पनि उहाँले विभिन्न खुट्टासम्बन्धी चोटका कारण खेल गुमाउनुभएको थियो । हालैको चोट बायाँ एडडक्टरमा थियो । त्यसकारण उहाँले यसै वर्ष अर्जेन्टिनाको विश्वकप छनोटका दुई खेल गुमाउनुभएको थियो । अबको केही दिनमा उहाँको चोटबारे थप परीक्षण हुने अनुमान छ । सामान्यतया यस्ता मांसपेशीसम्बन्धी चोटका लागि एमआरआई स्क्यान गरिन्छ । तर, अहिलेसम्म उहाँको एमआरआई कहिले गरिन्छ भन्ने जानकारी आएको छैन ।

    खेलपछि प्रशिक्षक जेभियर मास्चेरानोले मेसीलाई गम्भीर चोट नलागेजस्तो देखिए पनि दायाँ तिघ्रा केही तानिएको महसुस भएको बताउनुभयो । खेलको सुरुवातमै म्याक्सी फाल्कोनलाई रातो कार्ड देखाइएपछि मियामी १० खेलाडीमा समेटिएको थियो । ६०औँ मिनेटमा नेकाख्साका क्रिस्टियन काल्डेरोन दोस्रो पहेँलो कार्ड पाएपछि दुवै टोली १०-१० खेलाडीमै समेटिएका थिए । (एजेन्सी)

    सोमबार, साउन १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer