काठमाडौं । युक्रेन युद्धबारे अमेरिकाको अलास्कामा रुसका राष्ट्रपति पुटिन र अमेरिकाका राष्ट्रपति ट्रम्पबीच लगभग ३ घण्टा वार्ता भएको छ। यसअघी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसंग भेट गरेका थिए । वावार्ता सकिएपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ।
Advertisement
भेटवार्ता अलास्काको सबैभन्दा ठूलो सहर एन्कोरेजमा भएको हो। जसमा दुवै देशका प्रतिनिधिमण्डल उपस्थित थिए।
यद्यपि, यो कुराकानीको विवरण सार्वजनिक गरिने छैन।
राष्ट्रपति पुटिन १० वर्षपछि शनिबार (नेपाली समयअनुसार शुक्रबार राति १ बजेपछि) अमेरिका पुगेका थिए।
जहाँ उनलाई बी-२ बमवर्षक विमानले स्वागत गरिएको थियो।
रातो कार्पेटमा पुटिन आइपुग्दा ट्रम्पले ताली बजाए।(एजेन्सी)




