काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताएका छन् ।
सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भने, ‘सुरक्षाको कुरामा उनीहरू युरोपेली स्थल सेनालाई युक्रेनमा राख्न तयार हुन्छन् । हामी उनीहरूलाई विशेष गरी हवाई माध्यमबाट मद्दत गर्न इच्छुक छौँ, हामीसँग भएको प्रकारको हतियार कसैसँग पनि छैन, वास्तवमा, उनीहरूसँग छैन ।’
उनले युक्रेनमा कुनै पनि अमेरिकी सेना तैनाथ नहुने आफ्नो आश्वासन दिए । तर, ट्रम्पले युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोमा सामेल गराउने कुरा अस्वीकार गरे ।
रुसी आक्रमणको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्धपछिको सुरक्षा किएभका लागि प्रमुख चिन्ताको विषय बनेको छ ।केहि समयदेखी अमेरिकी राष्ट्रपति डोनाल्डले आफ्नो ध्यान रुस-युक्रेन युद्दमा लगाएका छन् । उनले लगातार शिर्ष नेतृत्वसंग छलफल गरिरहेका छन ।




