• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एकदिवसीय विश्वकपका ४४ खेल दक्षिण अफ्रिकामा


  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । सन् २०२७ को एकदिवसीय विश्वकपका ४४ खेलहरू दक्षिण अफ्रिकामा हुने भएका छन् । क्रिकेट दक्षिण अफ्रिका (सिएसए)ले एकदिवसीय विश्वकपका लागि आठवटा स्थानहरू तय गरेको हो । यसअनुसार विश्वकपका ४४ खेलहरू दक्षिण अफ्रिकाका आठ शहरहरूमा खेलाइनेछ, जबकि १० खेलहरू नामिबिया–जिम्बाब्वेमा आयोजना हुनेछन् । दक्षिण अफ्रिकामा आयोजना हुने खेलहरू जोहानेसबर्ग, प्रिटोरिया, केप टाउन, डरबन, ग्केबार्हा, ब्लोमफोन्टेन, पूर्वी लण्डन र पार्लमा खेलाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    Advertisement

    समाचारअनुसार प्रतियोगिता आयोजना गर्न सिएसएले स्थानीय समिति पनि गठन गरेको छ । दक्षिण अफ्रिकी पूर्वअर्थमन्त्री ट्रेवर म्यानुअललाई २०२७ क्रिकेट विश्वकपको स्थानीय आयोजक समितिको प्रमुख बनाइएको छ ।

    दक्षिण अफ्रिकाले पाँचवटा आइसिसी प्रतियोगिता आयोजना गरिसकेको छ । दक्षिण अफ्रिकाले २००९ मा च्याम्पियन्स ट्रफी, २००७ मा पहिलो टी–२० विश्वकप र २००३ मा एकदिवसीय विश्वकप आयोजना गरेको थियो । यसबाहेक दक्षिण अफ्रिकाले दुई महिला विश्वकप पनि सफलतापूर्वक आयोजना गरिसकेको छ ।

    दक्षिण अफ्रिका र जिम्बाब्वे आयोजकका रूपमा प्रतियोगिताका लागि पहिले नै छनोट भइसकेका छन् तर नामिबियाले प्रतियोगितामा छनोट हुन अफ्रिकी छनोट खेलहरू पार गर्नुपर्नेछ । बाँकी टोलीहरूको निर्णय आइसिसी एकदिवसीय वरीयताका आधारमा गरिनेछ । शीर्ष आठ टोलीहरू सिधै छनोट हुनेछन्, जबकि अन्तिम चार देशहरूले विश्वव्यापी छनोट खेलहरू खेल्नुपर्नेछ ।

    प्रतियोगितामा १४ टोलीले भाग लिनेछन् । प्रतियोगिता दुई समूहमा खेलाइनेछ, प्रत्येक समूहमा सात टोलीहरू हुनेछन् । समूह चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य सबै टोलीहरूसँग खेल खेल्नेछ । प्रत्येक समूहका शीर्ष तीन टोलीहरू सुपर सिक्स राउण्डमा पुग्नेछन् । यसपछि शीर्ष टोलीहरूले सेमिफाइनल खेल्नेछन् । अन्त्यमा नयाँ च्याम्पियनको निर्णय फाइनलमार्फत् गरिनेछ ।

    पछिल्लो एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको थियो । १९ नोभेम्बर २०२३ मा अहमदाबादमा खेलिएको फाइनल खेलमा कंगारु टोलीले आयोजक भारतलाई ६ विकेटले पराजित गरेको थियो । (एजेन्सी)

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer