• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या


  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
  • काठमाडाैं । गाजा पट्टीमा इजरायली सेनाको आक्रमणमा कम्तिमा ५० प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दक्षिणी गाजाको खान युनिसका धेरै क्षेत्रहरूमा विस्थापित व्यक्तिहरूलाई बसोबास गर्ने पालहरूलाई लक्षित गरी इजरायली गोलाबारी गर्दा १२ प्यालेस्टिनीहरू मारिएका छन् । बसालले इजरायली विमानले बुरेइज शरणार्थी शिविरको एउटा घरलाई लक्षित गर्दा ६ जनाको मृत्यु भएको बताउनु भयो ।

    Advertisement

    मध्य गाजाको अल–नुसेरातको पश्चिममा रहेको अल–सावरा क्षेत्रमा रहेको उनीहरूको पाललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको छ । गाजा शहरको दक्षिणमा रहेको अल–सब्रा छिमेकमा रहेको आवासीय घरमा इजरायली हवाई आक्रमणमा सात जनाको मृत्यु भएको छ । बसालकाअनुसार शहरको उत्तरमा रहेको अल–सफ्तावी क्षेत्रमा इजरायली तोपखानाको गोलाबारीबाट सात जनाको मृत्यु भएको छ ।

    मध्य गाजाको देइर अल–बलाह शहरमा विस्थापित व्यक्तिहरूलाई बस्ने गोदाममा इजरायली हेलिकप्टरहरूले निशाना बनाउँदा दुई महिलाको मृत्यु भएको छ । अल–जला र अल–जैतुन छिमेकमा रहेको आवासीय अपार्टमेन्ट र प्यालेस्टिनीहरूको भेलामा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु भएको बताउनु भयो । बसलकाअनुसार मध्य र दक्षिणी गाजामा नेत्जारिम र खान युनिस जंक्शनमा सहायता वितरण केन्द्रहरू नजिक आठ जनाको मृत्यु भएको छ ।

    यी घटनाहरूमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । इजरायलले मार्च १८ मा आफ्नो तीव्र सैन्य अभियान पुनः शुरु गरेदेखि, कम्तिमा १० हजार ९७५ प्यालेस्टिनीहरू मारिएका छन् । ४६ हजार ५८८ घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ६२ हजार ८१९ पुगेको छ । जसमा कुल १ लाख ५८ हजार ६२९ जना घाइते भएका छन्, गाजाका स्वास्थ्य अधिकारीहरूले मंगलवार जारी गरेको तथ्याङ्कले देखाएको छ ।(सिन्ह्वा)

    शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    भर्खरै

    • १.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: असार २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer