☰
शनिबार, कार्तिक ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बंगलादेशले नेदरल्याण्ड्सलाई ८ विकेटले हरायो


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । बंगलादेशले एशिया कपको तयारी जितसँगै सुरु गरेको छ। सिल्हेटमा शनिवार भएको पहिलो टि ट्वान्टी आईमा घरेलु टोलीले नेदरल्याण्ड्सलाई ८ विकेटले हरायो।

    Advertisement

    १३.३ ओभरमै १ सय ३७ रनको लक्ष्य पूरा गर्दै बंगलादेशले ३९ बल बाँकी रहँदा जित निकालेको हो। जुन पछिल्लो १० वर्षमा घरमै भएको सबैभन्दा ठूलो जित (बल बाँकी राखेर) हो।

    यसअघि सन् २०१४ टि ट्वान्टी विश्वकपमा अफगानिस्तानलाई ४८ बल बाँकी रहँदा हराएको थियो।
    बंगलादेशको जितमा कप्तान लिटन दास र बलर तास्किन अहमद चम्किए।

    टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सलाई तास्किनले सुरुमा दबाबमा राखे । उनले म्याक्स ओ’डाउड, विक्रमजित सिंह, नोआ क्रोस र काइल क्लाइनलाई आउट गर्दै २८ रन खर्चेर ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ४ ओभरमा १९ मात्र रन दिएर १ विकेट लिए । सैफ हसनले २ विकेट झारे।

    नेदरल्याण्ड्सका तेजा निडामानुरु २६ र एरियन दत्त ८ बलमा १३ रनमा अविजित रहे पनि टोलीले ८ विकेटको नोक्सानीमा १ सय ३६ रन मात्र बनाउन सक्यो।
    लक्ष्य पछ्याउँदा बंगलादेशले सहज जित हात पार्यो।

    कप्तान लिटन दासले २९ बलमा ६ चौका र २ छक्कासहित अविजित ५४ रन बनाए । तन्जिद हसन तामिमले २९ रन जोडे ।

    अन्त्यतिर सैफ हसनले १९ बलमा ३६ अविजित रन प्रहार गर्दै जित पक्का गरे। लिटन र सैफबीच २३ बलमै ४६ रनको अविजित साझेदारी भयो।

    नेदरल्याण्ड्सका एरियन दत्त र टिम प्रिङ्गलले १-१ विकेट लिए । ३ टि ट्वान्टी आई सिरिजमा बंगलादेशले १-० ले अग्रता बनाएको छ।(एजेन्सी)

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer