काठमाडौं । सामसुङले बडादशैँको उपलक्ष्यमा ‘दिनदिनै दशैँ’ अफर ल्याएको छ । असोज १२ गतेसम्म मान्य अफरमा नयाँ सामसुङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउने कम्पनीले जनाएको छ । सहभागी हुने ग्राहकले आफ्नो नयाँ सामसुङ स्मार्टफोन वा ट्याबलेटको सिरियल नम्बर टाइप गरी सामसुङ स्पेस सिरियल नम्बर लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ ।
प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी सपिङ भौचर एक लाख रुपैयाँ पाउनेछन् भने अन्य १० जना विजेताले १० हजार रुपैयाँको सपिङ भौचर प्राप्त गर्नेछन् । अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउने पनि कम्पनीले जनाएको छ ।
सपिङ भौचरलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बन्ने कम्पनीको विश्वास छ । ‘दिनदिनै दशैँ’ मार्फत् सामसुङले हरेक चाडपर्वमा ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीका निर्देशक प्रणयरत्न स्थापितले बताउनुभएको छ ।




