• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: वैशाख २०८३

  • ५. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन ट्रम्पको आह्वान, बेइजिङद्वारा अस्वीकार


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली मुलुकसँग चीनमाथि आर्थिक दबाब सिर्जना गर्न आग्रह गर्नु भएको छ । बेइजिङले चीनमाथि आर्थिक दबाब सिर्जना गर्ने आह्वानको ‘कडा विरोध’गर्ने शुक्रबार जनाएको छ ।

    Advertisement

    चीनले कहिल्यै पनि रुसको युद्धको निन्दा गरेको छैन र न त रूसलाई युक्रेनबाट उसका सेना फिर्ता बोलाउन आह्वान गरेको छ । युक्रेनका धेरै सहयोगीले बेइजिङले मस्कोलाई युक्रेन युद्धमा समर्थन प्रदान गरेको बुझाइ छ । चीनले आफू तटस्थ पार्टी भएको बताउँदै आएको छ ।

    चीनले नियमित युद्ध अन्त्यका लागि आह्वान गर्दै आएको छ भने पश्चिमी देशले युक्रेनलाई हतियार दिएर द्वन्द्व लम्ब्याउन खोजेको आरोप पनि लगाउँदै आएको छ । “बिहीबार पेरिसमा भेला भएका युरोपेली नेतासँग भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरूलाई चीनमाथि दबाब दिन आग्रह गर्नुभएको र युरोपले युद्धका लागि आर्थिक सहयोग गर्ने रुसी तेल खरिद बन्द गर्नुपर्ने बताउनुभएको थियो,” ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग बताउनुभयो ।

    ट्रम्पको टिप्पणीबारे शुक्रबार सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले बेइजिङ ‘न त यो (युक्रेन) सङ्कटको निर्माता हो न त यसको पक्षधर नै हो’ भनेको छ । प्रवक्ता गुओ जियाकुनले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी चीनलाई यस मामिलामा निरन्तर तान्ने अभ्यासको दृढतापूर्वक विरोध गर्दछौं र चीनमाथि तथाकथित आर्थिक दबाब थोपरिएमा कडा विरोध गर्दछौँ ।”

    भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा रुसको युक्रेन आक्रमणको आदेश दिनुभन्दा केही समयअघि मस्को र बेइजिङले ‘नो लिमिट पार्टनरसिप’ को घोषणा गरेका थिए । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको उपलक्ष्यमा बुधबार आयोजित विशाल सैन्य परेडमा चीनका राष्ट्रपति सी जिनपिङ, रूसी नेता पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँगै उभिएका थिए ।

    यसलाई बेइजिङले ‘शान्तिप्रिय देश र जनतासँग मिलेर इतिहासलाई स्मरण गर्ने’ उद्देश्यले ‘विदेशी पाहुनाहरुलाई निमन्त्रणा गरेको’ बताएको छ । पुटिनको नेतृत्वमा रहेको वर्तमान रुसलाई चीनले ‘शान्तिप्रिय देश’ मान्छ कि मान्दैन भन्ने प्रश्न शुक्रबार एक पत्रकारले दुई पटक सोध्दा प्रवक्ता गुओले सोझै जवाफ दिन अस्वीकार गर्नुभयो । चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा आयोजित विशाल सैन्य प्रदर्शनमा भाग लिएका पुटिनले युक्रेनमा आफ्नो सेनाको प्रगतिको प्रशंसा गर्दै रुसी सेना ‘सबै मोर्चामा’ अघि बढिरहेको बताउनु भएको थियो । (एएफपी)

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer