• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अन्तरिक्ष अनुसन्धान प्रविधिको नयाँ चरणमा अमेरिका


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ‘नर्थरप ग्रुम्यान’ले विकसित गरेको आपूर्ति यान ‘सिग्नस एक्सएल’ बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा सफलतापूर्वक जोडिएको छ । यसले आईएसएसमा आवश्यक पर्ने महत्वपूर्ण वैज्ञानिक उपकरण र अन्य सामग्रीहरू पुर्याएको छ, जसले अन्तरिक्ष अनुसन्धान र प्रयोगशालाका कार्यलाई सहज बनाउन ठूलो सहयोग गर्नेछ । ‘सिग्नस एक्सएल’ अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी नर्थरप ग्रुम्यानद्वारा विकसित उन्नत पुनःआपूर्ति यान हो, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा वैज्ञानिक उपकरण, खाद्यान्न र अन्य आवश्यक सामग्री पुर्याउन प्रयोग गरिन्छ ।

    Advertisement

    यो यान विशेषगरी ठूलो क्षमताको कार्गो बोकेर अन्तरिक्ष स्टेशनमा आपूर्ति गर्ने उद्देश्यले तयार गरिएको हो र यसले अन्तरिक्ष अनुसन्धान र प्रयोगशालाका गतिविधिलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्द छ । यसमा नवीनतम् प्रविधि समावेश छन्, जसले यसको विश्वसनीयता र कार्यक्षमता सुनिश्चित गर्दछ । सिग्नस एक्सएल यान आइतबार अमेरिकी फ्लोरिडास्थित केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट स्पेसएक्सको फाल्कन नौ रकेटमार्फत प्रक्षेपण गरिएको थियो । यो मिशन नर्थरप ग्रुम्यानको कमर्शियल रिसप्लाइ सर्भिसेस २३ अन्तर्गत सञ्चालन गरिएको हो, जसले करिब ११ हजार पाउन्ड (लगभग पाँच हजार किलोग्राम) वैज्ञानिक उपकरण, अनुसन्धान सामग्री र दैनिक प्रयोगका वस्तुहरू आईएसएसमा पुर्याउने लक्ष्य राखेको थियो ।

    प्रारम्भमा सिग्नस एक्सएल यान बुधबार आईएसएसमा पुग्ने योजना बनाइएको थियो, तर मुख्य इञ्जिनमा देखिएको प्राविधिक समस्याका कारण यो योजना एक दिन ढिलो हुँदै बिहीबार आईएसएसमा पुग्न सफल भयो । बिहान ७ बजेर २४ मिनेट (स्थानिय समय अनुसार) अन्तरिक्ष स्टेशनका अन्तरिक्षयात्रीहरूले रोबोटिक हातको मद्दतले यानलाई समाते । त्यसपछि केही घण्टाको प्रक्रियापछि, बिहान १० बजेर १० मिनेटमा यसलाई सफलतापूर्वक अन्तरिक्ष स्टेशनसँग जोडिएको नासाले पुष्टि गरेको छ ।

    यो यानले पुर्याएका सामग्रीहरू अन्तरिक्षमा भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । यसले अन्तरिक्ष स्टेशनमा रहेका वैज्ञानिकलाई उनीहरूको अनुसन्धानलाई निरन्तरता दिन र अन्तरिक्षका थप रहस्यमय पक्षबारे नयाँ ज्ञान हासिल गर्न सहयोग गर्नेछ । नर्थरप ग्रुम्यान र नासाबीचको यो साझेदारी अन्तरिक्ष अनुसन्धान र अन्तरिक्षयान आपूर्ति प्रणालीमा नयाँ सफलताको रूपमा लिइएको छ, जसले अन्तरिक्ष अन्वेषणलाई अझ प्रभावकारी र दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । (सिन्ह्वा)

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer