• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मौसम सम्बन्धी तीन अन्तरिक्ष यान प्रक्षेपण गर्दै स्पेसएक्स


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । स्पेसएक्सले तीनवटा अन्तरिक्ष मौसम सम्बन्धी यान अन्तरिक्षमा पठाएको छ। फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट फाल्कन ९ रकेट आज (सेप्टेम्बर २४) बिहान ७:३० बजे (११:३० जीएमटी) प्रक्षेपण गरिएको हो, जसले नासाको आईएमएपी मिशनसहित अन्य दुई यान बोकेको थियो।

    Advertisement

    प्रत्येक यानको आफ्नै उद्देश्य भए पनि ती सबैले एउटै ठूलो लक्ष्यमा काम गर्नेछन्— वैज्ञानिकलाई अन्तरिक्ष मौसम र त्यसको पृथ्वीमाथि पर्ने प्रभावलाई बुझ्न मद्दत गर्ने। यी सबै यान सूर्य-प्रति पृथ्वीको लाग्राञ्ज बिन्दु १ (एल१) तर्फ गइरहेका छन्, जुन पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको गुरुत्वीय सन्तुलन बिन्दु हो।

    स्पेसएक्सका अनुसार आजको प्रक्षेपणको मुख्य पेलोड आईएमएपी (इन्टरस्टेलर म्यापिङ एण्ड एक्सलरेशन प्रोब) हो। करिब ६० करोड डलर लागतको यो यानले १० वटा वैज्ञानिक उपकरण बोकेको छ, जसले सूर्यको गतिविधि, अन्तरतारकीय धुलो र सूर्यबाट निरन्तर निस्कने आवेशित कणहरूको प्रवाह (सोलार विन्ड) को अध्ययन गर्नेछ।

    यस मिशनबाट प्राप्त हुने तथ्यांकले सूर्यको चुम्बकीय क्षेत्र र सोलार विन्डद्वारा शासित हाम्रो सौर्यमण्डलको बाहिरी सीमा (हेलियोस्फियर) को नक्साङ्कन गर्न मद्दत गर्नेछ। आईम्यापले नासाको आर्टेमिस कार्यक्रमअन्तर्गत चन्द्रमामा दीर्घकालीन मानव बसोबासको योजनामा संलग्न अन्तरिक्ष यात्रुहरूलाई विकिरण सम्बन्धी चेतावनी पनि दिनेछ।

    “विकिरणको असर चन्द्रमा र त्यसभन्दा पर जाने अन्तरिक्ष यात्रीका लागि वास्तविक खतरा हो,” नासाको विज्ञान निर्देशनालयकी सह–प्रशासक निक्की फक्सले सेप्टेम्बर २१ मा आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन्। “मानवता सधैं हाम्रो सुरक्षात्मक चुम्बकीय क्षेत्रभित्र मात्र अस्तित्वमा रहँदै आएको छ। तर जब हामी त्यो ढालभन्दा बाहिर चन्द्रमा वा मंगल ग्रहतर्फ यात्रा गर्छौं, आईम्यापजस्ता मिशनले उपलब्ध गराउने उपयोगी जानकारीले हाम्रो सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेछ।”

    आज प्रक्षेपण गरिएका अन्य दुई यानमा नासाको क्यारुथर्स जियोकोरोना अब्जरभेटरी (सीजीओ) र अमेरिकी राष्ट्रिय समुद्र तथा वायुमण्डलीय प्रशासन (एनओएए) को स्पेस वेदर फलो अन (एसडब्लूएफओ-एल१) यान पर्छन्।

    सीजीओले पृथ्वीको वायुमण्डलको बाहिरी तह एक्सोस्फियरको अध्ययन गर्नेछ। यसले उक्त क्षेत्रमा निस्कने अल्ट्राभायोलेट प्रकाशको क्षीण चमक (जसलाई जियोकोरोना भनिन्छ) चित्रण गरी अन्तरिक्ष मौसमले पृथ्वीलाई कसरी असर गर्छ भन्ने बुझ्न मद्दत गर्नेछ। नासाका अधिकारीका अनुसार यो मिशनले अपोलो १६ मिशनले सुरु गरेको अध्ययनलाई निरन्तरता दिनेछ।

    एसडब्लूएफओ-एल१ ले सौर्य आँधीको निगरानी गर्नेछ, जसले अन्तरिक्षमा रहेका उपग्रह, अन्तरिक्ष यात्री र पृथ्वीमा रहेका विद्युत ग्रिडजस्ता पूर्वाधारलाई असर गर्न सक्ने भएकाले यो प्रारम्भिक चेतावनी प्रणालीका रूपमा काम गर्नेछ।

    आजको प्रक्षेपण पूर्ण सफल भएको नासाले जनाएको छ। प्रक्षेपणपछि करिब ८४ मिनेटमा आईएमएपी अन्तरग्रहीय कक्षामा पुगेको छ। एसडब्लूएफओ-एल१ करिब ६.५ मिनेटपछि र सीजीओ १३ मिनेटपछि त्यसै गरी पृथ्वी कक्षाबाट छुट्टिएका थिए।

    रकेटको पहिलो चरण पनि नियोजित रूपमा पृथ्वीमा फर्किएको छ। प्रक्षेपणपछि करिब नौ मिनेटमै यो भाग एटलान्टिक महासागरमा तैनाथ स्पेसएक्सको ड्रोनशिप “जस्ट रिड द इन्स्ट्रक्शन्स” मा सुरक्षित अवतरण गरेको हो।

    यो बूस्टरको यो दोस्रो उडान हो। आजको प्रक्षेपणसँगै २०२५ मा फाल्कन ९ को यो १२० औं उडान बनेको छ। यीमध्ये ७० प्रतिशतभन्दा बढी उडान स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट उपग्रह नक्षत्र विस्तारका लागि प्रयोग भएका छन्।(एजेन्सी)

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer