• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

भेनेजुएलाकी मारियालाई यस वर्षको नोबेल शान्ति पुरस्कार


  •   शनिबार, असोज २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । यस वर्ष (सन् २०२५)को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई प्रदान गरिने भएको छ । नर्वेजियन नोबेल समितिले शुक्रबार यस वर्षको नोबेल शान्ति पुरस्कार माचाडोलाई प्रदान गर्ने निर्णय गरेको हो । ‘भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवद्र्धन गर्ने उहाँको अथक प्रयास र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न उहाँले गरेको संघर्षको लागि मारिया कोरिना माचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ’, नर्वेजियन नोबेल समितिले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    Advertisement

    नर्वेजियन नोबेल समितिले भेनेजुएलामा प्रजातान्त्रिक नेताको रूपमा माचाडो हालैका समयमा गरेका कार्यहरू ल्याटिन अमेरिकामा नागरिकले गरेको साहसको सबैभन्दा असाधारण उदाहरण भएको जनाएको छ ।

    भेनेजुएला अपेक्षाकृत लोकतान्त्रिक र समृद्ध देशबाट एक क्रूर, अधिनायकवादी राज्यमा विकसित भएको समितिले जनाएको छ । भेनेजुएला अहिले मानवीय र आर्थिक संकटबाट गुज्रिरहेको पनि समितिको विज्ञप्तिमा उल्लेख छ । ‘भेनेजुएलाबाट लगभग ८० लाख मानिसहरूले देश छोडेका छन् । चुनावी धाँधली, कानुनी अभियोजन र कारावासको माध्यमबाट विपक्षीहरूलाई व्यवस्थित रूपमा दबाइएको छ’, समितिले भनेको छ ।

    सन् २०२४ को चुनावअघि माचाडो विपक्षी दलको तर्फबाट राष्ट्रपतिकी उम्मेदवार हुनुहुन्थ्यो । तर, भेनेजुएलाको तानशाही शासनले उहाँको उमेदवारीलाई रोक लगाएको थियो । त्यसपछि उहाँले चुनावमा फरक पार्टीका प्रतिनिधि एडमन्डो गोन्जालेज उरुटियालाई समर्थन गर्नुभएको थियो । विश्वकै सबैभन्दा प्रतिष्ठित तर प्रायः अप्रत्याशित पुरस्कारमध्ये एक मानिन्छ नोबेल शान्ति पुरस्कार । विज्ञहरूका अनुसार समितिले सामान्यतया विश्व शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्वको प्रवर्धन र ती उद्देश्यलाई सुदृढ पार्ने संस्थाको योगदानमा ध्यान केन्द्रित गर्ने परम्परा राख्दै आएको छ । नोबेल समितिले प्रायः शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्व प्रवद्र्धन र सम्बन्धित संस्थाहरूको शान्त कार्यलाई सम्मान गर्दै पुरस्कार प्रदान गर्दछ । गत वर्षको पुरस्कार जापानी आणविक विस्फोटबाट बच्नुभएका निहोन हिडान्क्योलाई दिइएको थियो । उक्त संस्थाले आणविक हतियारको प्रयोगको वरिपरि रोक कायम राख्न दशकौँसम्म काम गरेको छ ।

    नोबेल पुरस्कारमध्ये शान्ति पुरस्कार मात्रै नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ भने बाँकी चार पुरस्कार-चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य-यसै हप्ता स्विडेनको राजधानी स्टकहोममा घोषणा भइसकेका छन् । सोमबार चिकित्सा, मंगलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यका विजेता घोषणा गरिएका हुन् । यस वर्षको नोबेल साहित्य पुरस्कार हंगेरीका प्रख्यात लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ । यस्तै, चिकित्साशास्त्रमा प्रतिरोध प्रणालीसम्बन्धी खोज तथा अनुसन्धानका लागि मेरी ब्रन्को, फ्रेड ¥याम्स्डेल र शिमोन साकागुचीलाई प्रदान गरिने भएको छ ।

    त्यस्तै, भौतिकशास्त्रमा क्वान्टम मेकानिक्ससँग सम्बन्धित खोजका लागि जोन क्लार्क, मिशेल एच डेभोर र जोन एम मार्टिनिस प्रदान गरिने भएको छ भने रसायनशास्त्रमा ‘मेटल–अग्र्यानिक फ्रेमवर्क’ (एमओएफ) विकास गरेको हुनाले सुसुमु कितागावा, रिचर्ड रब्सन र ओमर यागीलाई प्रदान गर्ने निर्णय गरिएको छ । अब बाँकी अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा आगामी सोमबार हुने जनाइएको छ । नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । उक्त दिन पुरस्कारका संस्थापक तथा डायनामाइटका आविष्कारक धनी स्विडेनी उद्योगपति अल्फ्रेड नोबेलको पुण्यतिथि पनि हो । नोबेलको सन् १८९६ मा निधन भएको थियो । (एजेन्सी)

    शनिबार, असोज २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer