• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

इरानसँग शान्ति सम्झौता गर्न पाउनु ठुलो उपलब्धी हुने: राष्ट्रपति ट्रम्प


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • काठमाडौं । इजरायली भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो सोमबार इरानसँग शान्ति सम्झौता गर्न चाहेको बताउनुभएको छ । इजरायली संसदमा सम्बोधन गर्दै उहांले यस्तो बताउनुभयो । राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उनीहरूले यो कुरा एक वा अर्को पक्षबाट प्राप्त गरेका छन् र तपाईंलाई थाहा छ कि यदि हामीले उनीहरूसँग शान्ति सम्झौता गर्न सक्यौँं भने यो ठुलो उपलब्धी हुने छ ।”

    Advertisement

    “के तपाईं यसमा खुसी हुनुहुनेछ ? के यो राम्रो हुँदैन, मलाई लाग्छ, तिनीहरू चाहन्छन्,” उहाँले भन्नुभयो । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले आइतबार वासिङ्टनसँग ‘निष्पक्ष र सन्तुलित’ वार्ताका लागि तेहरान तयार रहेको बताउनुभएको ठीक एक दिनपछि अमेरिकी राष्ट्रपतिको यो भनाइ आएको हो ।

    इरानको राज्य सञ्चालित आइआरआइबी टिभीसँगको अन्तर्वार्तामा अराघचीले आणविक मुद्दामा अमेरिकासँग वार्ता पुनः सुरु गर्ने र प्रतिबन्ध हटाउने विषयमा इरानको अडानका के रहेको छ भन्ने राख्नुभएको थियो । उहाँले भन्नुभयो, “यदि अमेरिकाले इरानको हितको रक्षा गर्न सक्ने योजना प्रस्तुत गर्छ भने तेहरानले त्यसबारे अवश्य विचार गर्ने छ ।”

    उहाँले भन्नुभयो, “अमेरिकाप्रतिको हाम्रो अडान सधैँ स्पष्ट रहेको छ । यदि तिनीहरू साझा हितको रक्षा गर्न समान स्तरमा वार्ता गर्न तयार छन् भने पारस्परिक सम्मानको आधारमा ‘निष्पक्ष र सन्तुलित’ वार्ताका लागि तयार रहनुहोस्, हामी पनि यस्तो वार्ताका लागि तयार हुने छौँ ।” “इरानको परमाणु मुद्दा पश्चिमासँग वार्ताको एक मात्र विषय भएको तर यसबारे इरानकोे अडान पूर्ववत रहने उहाँको धारणा थियो ।

    इरानले आफ्नो भूमिमा युरेनियम प्रशोधन गर्ने अधिकार नछोड्ने बताउँदै उहाँले संवर्धित युरेनियम शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग गरिने बताउनुभएको थियो । इरान र सामूहिक रूपमा इ-थ्री नामले सम्बोधन गरिने तीन युरोपेली देश फ्रान्स, बेलायत र जर्मनीबिच वार्ता पुनः सुरु भएको बारेमा उहाँले भन्नुभयो, “हाल युरोपेलीसँग वार्ताको कुनै अर्थ छैन ।”

    “औपचारिक रूपमा संयुक्त बृहत् कार्य योजना (जेसिपिओए) भनेर चिनिने सन् २०१५ मा अमेरिकासहितका शक्ति राष्ट्रसँग इरानले गरेका आणविक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौतामा विश्वका छ शक्ति राष्ट्र बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध अन्त्यका लागि इरानले आफ्नो परमाणु कार्यक्रममा प्रतिबन्ध स्वीकार गरेको थियो तर संयुक्त राज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल अर्थात् सन् २०१८ मा सम्झौताबाट हात झिकेको थियो र प्रतिबन्ध पुनः स्थापित गरेको थियो ।

    सम्झौताबाट फिर्ता हुने अमेरिकाको घोषणापछि तेहरानले पनि आफ्ना केही प्रतिबद्धता फिर्ता लिँदै अन्ततः सम्झौताको अर्को पक्षले यसलाई नमानेको अवस्थामा आफुले पनि यसलाई मानिरहन बाध्य नहुने भन्दै क्रमशः यसबाट क्रमिकरूपमा पछि हटेको थियो । (एएफपी)

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer