काठमाडौं । चीनले उत्तरपश्चिम चीनको जिउचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । पछिल्लो समय चिनले अन्तरिक्षमा उपग्रह पठाउने कामलाई निक्कै तिब्रता दिएको छ ।
Advertisement
‘शियान–३१’ नामको परीक्षण उपग्रह अक्टोबर १३ गते सोमबार बेलुका ६ः०० बजे (बेइजिङ समय अनुसार) लङ मार्च–२डी बोक्ने रकेटमार्फत प्रक्षेपण गरिएको थियो । उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।
शियान–३१ नामको उपग्रह चीनद्वारा परीक्षणका लागि प्रक्षेपण गरिएको एक प्राविधिक उपग्रह हो, जुन मुख्य रूपमा नयाँ अप्टिकल इमेजिङ प्रविधिहरूको परीक्षण र प्रमाणीकरण गर्न प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाको ५९९औँ उडान मिशन हो ।




