काठमाडौं । इस्बि सम्बत १९९७ देखि २०१२ सम्म जन्मिएकेा पुस्ता जेनजि पुस्ता हेा तर जेनजि पुस्ता र जेनजि बिद्रेाह बिच भिन्नता छ। जेनजि पुस्तानै भाद्र २३,२४ केा जेनजि बिद्रेाह हेा भन्ने पनि बुझाई छ त्येा सर्बथा गलत बुझाई हेा। जेनजि बिद्रेाह भन्नाले अग्रगामि बिचार समूह हेा त्येा बिचार समुहमा १३ बर्ष देखि ८० बर्ष सम्मकेा उमेर समुहका मानिस आबद्ध छन। जेनजि समुहमा सुशिला कार्कि, बालेन साह, ओम प्रकाश अर्याल, कुलमान घिसिङ, जगदिस खरेल, माहाँ वीर पुन, गेापि हमाल, रक्षा बम, सुधन गुरुङ, असेाक दाहाल , प्रदिप ज्ञवालि लगाएत सबै उमेर समुहका जेनजि बिचारधारा बेाक्ने सबै जेनजि बिचार समूह हुन। जेनजि केबल उमेर समूह मात्र हैन। उमेर समुहकेा मात्र कुरा गर्ने हेा भने सिंहदरबार जलाउने, अदालत जलाउने,संसद भबन जलाउने, राष्टपति भबन जलाउने, केपि ओलिकेा घर जलाउने, शेर बहादुर देउबाकेा घर जलाउने देखि बृद्ध देउबा दम्पतिलाई कुटपिट गर्ने समुहमा पनि २८ बर्ष मुनिकेा समुहकेा सहभागिता उल्लेख्य थियेा। त्यसैले त्येा तेाडफेाड आगजनि गर्ने, ब्यक्तिलाई कुटपिट गर्ने कार्यमा संलग्न २८ बर्ष भन्दा मुनिकेा उमेर समुहका सदस्यहरु बिचार समुहकेा हिसाबले जेनजि बिचार समूह हैनन्। शेर बहादुर देउबाकेा घरमा अबैध पैसा हुनसक्छ। अकुत सम्पति हनसक्छ। त्यस्तै केपि ओलिकेा हुनसक्छ। प्रचण्डकेा हुनसक्छ।दिपक खड्काकेा हुनसक्छ। असलि जेनजि बिचार समूहले घरमा आगेा लगाएर ब्यक्तिलाई कुटपिट गरेर सम्पति खरानी बनाएर कानुन हातमालिएर ब्यक्ति बिषेशलाई सक्त घाईते हुनेगरि कुटपिट गर्दैन। बरु असलि जेनजि बिचार समुहले मिडियालाई साथमालिएर स्वतन्त्र नागरिक अगुवालाई साछि राखेर लाईभ भिडियेा बनाएर पारदर्शि रुपमा नेपाली जनतालाई शेर बहादुर देउबाकेा घरकेा एक एक चिज बस्तुलाई लाईभ भिडियेा मार्फत जनतालाई देखाएर यति सम्पति( पैसा,सुन,हिरा) यहाँ यहाँ फेलापर्येा भनेर उनकेा पैसा राख्ने भनिएकेा ट्याङकि र अरबैा भनियकेा पैसा लाईभ भिडियेा मार्फत जनतालाई देखाएर येा पैसा ,सुन हिरा जनताले जफत गरेर नागरिक सरकार मार्फत राष्ट्रिय ढुकुटिमा जम्मा गरेउ भन्छ। त्यस्त केपि ओलिकेा, प्रचण्डकेा, दिपक खड्काकेा अबैध सम्पति जफत गरेर राष्ट्रिय ढुकुटिमा जम्मा गर्नु पर्थ्येा। त्यसेा नगरि घरमा आगेा लगाएर यति करेाड भेटियेा,उति अरब भेटियेा भनेर भन्नत मिडिया मार्फत आईरहेकैछ। तर बास्तबिकता जाँचबुझ आयेागले छानबिन गरेपछि पत्ता लाग्ला सत्य तत्थ्य आउला।
जेनजि बिचार समूह उमेर समूह मात्र हैन भन्ने कुरा एमाले निकट अनेरास्ववियु र युथ फेार्षका २८ बर्ष मुनिकेा उमेर समुहका नेताहरुले भाद्र २३,२४ गतेकेा घटनाकेा सम्पुर्ण देाष बालेन साह र सुदन गुरुङ माथि लगाएर उनिहरुलाई कार्बाहि हुनु पर्छ भनेर ७७ वटै जिल्ला प्रहरि कार्यालयमा उजुरि दिएर प्रमाणित गरिदिएका छन। २८ बर्ष मुनिकेा उमेर समूह( जेनजि उमेर समूह) पनि पश्चगामि बाटेा हिड्न सक्छ भन्नेकुरा त त्येा समुहकेा केाहि अहिले काङ्ग्रेसमा पनि छन,एमालेमा पनि छन, माओबादिमा पनि छन। राप्रपा र दुर्गा प्रसाई समुहमा आबद्ध भएर राजा चाहिन्छ भनेर सडकमा ज्यान फाल्न तयार हुने समूह पनि त्यहि छ। त्यसैले भाद्र २३,२४ केा जेनजि बिद्रेाह उमेर समूह मात्र हैन जेनजि बिचार समूह हेा।
येा जेनजि बिचार समूह पहिलेा संविधान सभा असफलभै बिगठन भएपछि जन्मिएकेा बिचार समूह हेा। त्यतिबेला संचार माध्याममा निकै ठुलेा बहस भएकेा थियेा। पुराना राजनैतिक दलहरु माओबादि,काङ्ग्रेस ,एमालेले देशकेा राजनितिलाई सहि दिशानिर्देश गर्न सक्दैनन्।सुसासन दिन सक्दैनन्।सबै नागरिकलाई समान न्याँय र अबसर दिन सक्दैनन्। अब देशमा भरष्टाचारकेा अन्त्य गर्न,सुसाशन दिन,कानुनि राज्यकेा अनुभूति दिलाउन र सबै नागरिकलाई समान न्याय र अबसरकेा सुनिश्चितताकेा लागि अब एउटा बलियेा नयाँ बैकल्पिक राजनैतिक दलकेा आबश्यकता छ भनेर व्यापक बहस भएर तत्पश्चात २०७४ केा चुनाब अघि दुईबटा बैकल्पिक राजनतिक दल बिबेकशिल र साझा पार्टी गठन भए र यी दुबै दल २०७४ केा स्थानिय चुनाब, प्रदेश चुनाब र राष्ट्रिय चुनाबमा आंसिक सहभागीता जनाए। २०७४ मा भएकेा स्थानिय चुनाबमा काठमाडौ माहानगरपालिकाकेा मेयरकेा चुनाबमा साझाका उम्मेद्वार किशेार थापाले १८००० मत र बिबेकशिलका उम्मेदवार रन्जु दर्शनालाई २२००० मत दिएर नेपाली जनताले बैकल्पिक दल( जेनजि बिचार समूह) केा स्विकार्यताकेा श्रिगणेश गरे। त्यसपछि भएकेा प्रदेश सभामा तत्कालिन ३ नम्बर( बागमति)प्रदेश मा बिबेकशिल साझाले राष्ट्रिय पार्टीकेा मान्नेता पायर समानुपातिक तर्फ सम्मानजनक ३ सिट हासिल गर्येा र प्रतिनिधि सभा निर्बाचनमा काठमाडौ क्षेत्र नम्बर १ मा तत्कालिन बिबेकशिल साझा पार्टीमा संयेाजक रबिन्द्र मिश्रले काङ्ग्रेस पार्टीका पुर्ब माहामन्त्रि प्रकाश मान सिंह संग झिनेा मतान्तरले पराजय भेागे पनि सम्मानजनक मत पाएबाट जेनजि बिचार समूह २०७४ बाटै जनताबाट अनुमेादित भैसकेकेा थियेा। २०७९ केा निर्बाचनमा काठमाडौ माहानगरपालिकाकेा मेयरमा भारिमतले बालेनकेा जित, धनगढि उपमाहानगर पालिकाकेा मेयरमा भारि मतले गेापि हमालकेा जित र धरान उपमाहानगर पालिकाकेा मेयरमा हर्क राज साङपाङ राईकेा जितले जनताले जेनजि बिचार समुहलाई पुर्ण रुपमा अनुमेादन गरे। त्यसपछि लगतै भएकेा प्रतिनिधि सभा निर्बाचनमा राष्ट्रियस्वतन्त्र पार्टीलाई २१ सिट सहितकेा चैाथेा राष्ट्रिय दलकेा रुपमा खडागरेर जनताले जेनजि बिचार समुहलाई ससक्त पर्तिपक्षकेा रुपमा खडा गरेर पुराना राजनैतिक दल( पुरानेा बिचार समूह) लाई कि सुध्रिन कि सक्किन चेतावनी दिएका थिय। पुराना दलहरु सुध्रियनन् बरु २०८२ भाद्र २४ गते सकिए। जनताले नयाँ भनेर बिश्वास गरेकेा रास्वपा पनि २०८२ भाद्र २३,२४ आईपुग्दा सम्म पुराना दलहरुका कित्ताकेा भित्तामा टासियेा। त्यसैले २०८२ भाद्र २३,२४ अधि जुन जुन दल र तिनका पात्रले जे जे खेल खेले जनताकेा अभिमतकेा अपमान गरेर तिनिहरु सबै पुरानेा बिचार( पश्चगामि) भैसके। अब जनताले जेनजि बिचार धारा ( नया बिचार धारा) केा खेाजि गरेका छन। पुराना पार्टीहरुमा पहिलेा पुस्ता हटायर तेस्रो ,चैाथेा, पाँचैा पुस्तालाई नेतृत्व गर्न दिएपनि तिनिहरुले हालसालै जेनजि बिचार बेाक्न सक्दैनन्। जनताले २०८२ भाद्र २३,२४ केा आन्देालन मार्फत तय गरेकेा जनादेश यी दलहरु मंसिरमा आफ्नेा माहाधिबेशन गरेर नयाँ नेतृत्व ल्यायर पनि पूरा गर्न सक्दैनन् किनकि यिनिहरुकेा जुनसुकै उमेर समूह १६बर्ष देखि ८० बर्ष सम्म सबैले बिगत देखि अगाल्दै आएकेा पुरानेा बिचार( दलालि,कमिसन खेारि,आफन्तबाद,नाता- कृपा वाद) रातारात दुई- तीन महिनामा बदलिदैन। लेाकतन्त्रमा राजनैतिक पार्टी बिनाकेा लेाकतन्त्र कल्पनापनि गर्न सकिदैन। संबिधानमा अपरिबर्तनिय भनिएकेामा बाहेक जुनसुकै कुराहरुपनि परिबर्तन गर्ने उदेश्यले खेालिने पार्टीहरु लाई पनि लेाकतन्त्रमा आफ्नाबिचार जनतामाझ पुर्याउने र जनअनुमेादित हुने हक हुन्छ तर २०८२ भाद्र २३,२४ मा नेपाली जनताले जेनजि आन्देालन मार्फत तयगरेकेा जनादेशलाई पुराना दलहरु दुई- तीन महिनामा बदलिएर पूरा गर्न सक्छन भन्नेकुरा भ्रम मात्र हेा। हेा उनिहरु १/२ निर्बाचन पछि बदलिएर जनभाबना अनुसारकेा कार्य गर्न सक्छन त्यसकेालागि आसा गर्न सकिन्छ तर अहिलेकेा अहिल्यै त जे गरेपनि बदलिन सक्दैनन्। त्यसैले २०८२ भाद्र २३,२४ मा जनताले जेनजि बिचार समुहका जेनजि हरुलाई पूरा गर्न जुन जनादेश दिएका छन त्येा पुरागर्न भाद्र २३,२४ केा जेनजि बिद्रोह मा सहभागी सबै जेनजि समूह र अग्रगामि जेनजि बिचार समुहमा आबद्ध सबै ब्यक्तिहरुले मिलेर अब आउने फागुन २१ गतेकेा निर्बाचनमा राजनैतिक दल गठन गरेर चुनाबमा सकृय सहभागी भएर आउने प्रतिनिधि- सभामा दुई- तिहाई भन्दाबढि सिट संख्यामा जित हासिल गरेर जनताले दिएकेा जनादेशलाई सम्बेाधन गर्नु पर्छ।

(लेखक: इन्द्र बहादुर शाही समसामयिक विषयमा कलम चलाउनु हुन्छ । यि लेखक स्वयंका निजी विचार हुन्।)




