• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, कार्तिक ०५, २०८२
☰
बुधबार, कार्तिक ०५, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. UN warns: peace missions in crisis

  • २. राशिफल कार्तिक २०८२, यस्तो रहनेछ यो महिना तपाईको

  • ३. उद्योगले तिर्न थाले बक्यौता

  • ४. ‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर

  • ५. आज २०८२ साल आश्विन ३० गते बिहिवार (Oct 16, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल असाेज ३० गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८२ साल कार्तिक २ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

  • ९. विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउछ: महासचिव गुटेरेस

  • १०. आज २०८२ साल कार्तिक १ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घुन्सा र फलेमा लटरम्म स्याउ


  •   मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । ताप्लेजुङको हिमाली क्षेत्र लेलेपको फले र घुन्सामा स्याउ लटरम्म फल्न थालेको छ । स्थानीयका अनुसार तीन वर्षअघि परीक्षणका लागि रोपिएको स्याउ अहिले लटरम्मै फल्न थालेको हो ।

    Advertisement

    जिल्लाको फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपस्थित तीन हजार २३२ मिटरको उचाइमा फले र तीन हजार ४७५ मिटर उचाइमा घुन्सा बस्ती रहेको छ । उक्त उचाइ रहेको हिमाली भेगमा लटरम्म स्याउ फल्न थालेको घुन्साका स्थानीय तेन्जिङ सेराप शेर्पाले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार बिरुवा रोपेको ६ महिनाभित्र फले र घुन्सामा स्याउ फलेको छ ।

    फले र घुन्सामा परीक्षणका लागि भनेर इटालीबाट स्याउको बिरुवा ल्याएर रोपिएको थियो । हिउँद यामभर निकै बाक्लो हिउँ पर्ने क्षेत्र फले र घुन्सामा स्याउको बिरुवा रोपेको छ महिनादेखि नै फल्न थालेको र अहिले लटरम्मै फलेको स्थानीयले बताएका छन् । फुजी र गोल्डेन डेलिसियस जातको स्याउको बिरुवा ल्याएर खेती सुरु गरिएको र अहिले सोही स्याउ फल्न थालेको स्थानीयको भनाइ छ ।

    फलेका स्थानीय मिङ्मा शेर्पाकाअनुसार स्याउ फल्न थालेपछि अहिले कञ्चनजङ्घा हिमालको भ्रमणमा आउने पर्यटकलाई ख्वाउन थालिएको छ । स्याउ फल्न थालेसँगै कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न आउने पर्यटकलाई चखाउन र कोसेलीका रुपमा दिन थालेको शेर्पाको भनाइ छ ।

    यता, परीक्षण खेतीका लागि इटालीबाट बिरुवा ल्याएर रोपेको स्याउ छोटो समयदेखि नै मनग्य फल्न थालेपछि खेतीमा संलग्न किसान हर्षित भएका गाउँ कार्यपालिका सदस्य शेर्पाको भनाइ छ । उहाँका अनुसार स्थानीय किसानले अब स्याउको व्यावसायिक खेती सुरु गर्ने योजना बनाएका छन् । कञ्चनजङ्घा हिमालको पदमार्गअन्तर्गत आधार शिविर नजिक रहेको फले र घुन्सा बस्तीमा व्यावसायिक स्याउ खेती गरेमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझाइमा स्थानीय रहेका छन् ।

    कञ्चनजङ्घा भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई यहाँको कोसेलीको रुपमा बिक्री गरेर स्याउबाट आम्दानी गर्ने सोचसहित स्थानीयले व्यावसायिक खेती गर्ने योजना बनाएका बुझिएको छ ।

    यता स्याउ खेती गर्नलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने पनि स्थानीय किसानको माग रहेको छ । स्थानीय सरकार वा अन्य निकायको सहयोग पाएमा आफ्नो लगानी समेतबाट हिमाली भेगमा स्याउ खेती लगाउनलाई सहज हुने स्थानीय किसान बताउँछन् ।(गोरखापत्र)

    मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगतगुरु बालसन्त मोहनसरणद्वारा बृहत्तर वराहक्षेत्र पदयात्रा पुन: सुरु
    युरोपेली संघद्वारा सन् २०२८ सम्म रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने निर्णय
    साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना
    धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    राजसंस्था, जेन–जी पुस्ता सहित सबै पक्षसँग संवाद गरौं
    पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको आग्रह

    लोकप्रिय

    • १.
      UN warns: peace missions in crisis

    • २.
      राशिफल कार्तिक २०८२, यस्तो रहनेछ यो महिना

    • ३.
      उद्योगले तिर्न थाले बक्यौता

    • ४.
      ‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर

    • ५.
      आज २०८२ साल आश्विन ३० गते बिहिवार

    • ६.
      आज २०८२ साल असाेज ३० गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८२ साल कार्तिक ५ गते बुधवार (Oct 22, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      जगतगुरु बालसन्त मोहनसरणद्वारा बृहत्तर वराहक्षेत्र पदयात्रा पुन: सुरु

    • ३.
      युरोपेली संघद्वारा सन् २०२८ सम्म रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने निर्णय

    • ४.
      आज २०८२ साल कार्तिक ५ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८२ साल कार्तिक ४ गते मंगलवार (Oct 21, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना

    • ७.
      घुन्सा र फलेमा लटरम्म स्याउ

    • ८.
      आज २०८२ साल कार्तिक ४ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2025 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer