• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, कार्तिक ०५, २०८२
☰
बुधबार, कार्तिक ०५, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. UN warns: peace missions in crisis

  • २. राशिफल कार्तिक २०८२, यस्तो रहनेछ यो महिना तपाईको

  • ३. उद्योगले तिर्न थाले बक्यौता

  • ४. ‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर

  • ५. आज २०८२ साल आश्विन ३० गते बिहिवार (Oct 16, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल कार्तिक २ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउछ: महासचिव गुटेरेस

  • ८. आज २०८२ साल असाेज ३० गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

  • १०. आज २०८२ साल कार्तिक ३ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना


  •   मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयारी अवस्थामा रहेको बताइएपछि साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना झन् प्रबल भएको जापानी मिडियाले जनाएको छ ।

    Advertisement

    ताकाइची यसै महिनाको सुरुआतमा एलडिपीकी नेत्री निर्वाचित हुनुभएको थियो तर गठबन्धन पतनपछि उहाँको प्रधानमन्त्री बन्ने प्रयास अस्थायी रूपमा अवरुद्ध भएको थियो । त्यसयता एलडिपीले नयाँ राजनीतिक सहकार्यको माध्यमबाट ताकाइचीको प्रधानमन्त्री पदतर्फको मार्ग पुनः प्रशस्त गर्ने प्रयास गरिरहेको छ ।

    क्योदो न्युजका अनुसार एलडिपी नेत्री ताकाइची र सुधारवादी दक्षिणपन्थी विपक्षी जापान इनोभेसन पार्टी (जेआइपी) की नेत्री हिरोफुमी योशिमुरा सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयार हुनुहुन्छ । उक्त समाचार संस्थाले दुवै दलका अज्ञात वरिष्ठ अधिकारीहरूको उद्धरण दिँदै रिपोर्ट गरेको हो ।

    यस्तै, योमियुरी सिम्बुनका अनुसार पनि ‘ताकाइची र योशिमुराले सोमबार वार्ता सम्पन्न भएपछि औपचारिक रूपमा गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना उच्च छ ।’

    एलडिपीको दीर्घकालीन गठबन्धन साझेदार कोमेइटो पार्टीले २६ वर्षपछि सत्तारूढ गठबन्धन तोडेसँगै जापान हाल राजनीतिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । विपक्षी दलहरू भने प्रधानमन्त्रीका लागि साझा उम्मेदवारमा सहमत हुन असफल भएका छन् ।

    एलडिपी र जेआइपीबीच बन्न लागेको नयाँ गठबन्धनले मङ्गलबार ताकाइचीलाई प्रधानमन्त्रीका रूपमा संसद्बाट निर्वाचित गराउन सक्ने सम्भावना देखिन्छ । तथापि दुवै दल संयुक्त रूपमा संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा बहुमत प्राप्त गर्न दुई सिट टाढा छन् ।

    यदि प्रधानमन्त्रीको मतदान दोस्रो चरणमा पुग्यो भने ताकाइचीलाई केवल अन्य दलका सांसदहरूको समर्थन आवश्यक पर्नेछ । यस्तो अवस्थामा उहाँ प्रधानमन्त्री पदमा निर्वाचित हुने सम्भावना उच्च रहेको राजनीतिक विश्लेषकहरूको मत छ ।

    यो सम्पूर्ण राजनीतिक घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणको केही दिनअघि भइरहेको छ । ट्रम्प दक्षिण कोरियामा हुने वार्षिक एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान पुग्ने तय भएको छ ।

    एलडिपी र जेआइपीका वरिष्ठ अधिकारीहरूले गत शुक्रबार टोकियोमा भएको वार्तामा केही महत्त्वपूर्ण सहमति गरेका थिए । तीमध्ये प्रमुख बुँदामा एलडिपीले खाद्य वस्तुमा उपभोग कर (कन्जम्पसन ट्याक्स) हालको १० प्रतिशतबाट घटाई शून्य बनाउने र कर्पोरेट तथा सङ्गठनात्मक चन्दा पूर्ण रूपमा समाप्त गर्ने जेआइपीको प्रस्तावलाई समर्थन गर्ने सहमति जनाएको हो ।

    त्यसैगरी, एलडिपीले संसद् सदस्यको सङ्ख्या घटाउने जेआइपीको मागलाई पनि स्वीकार गरेको बताइएको छ । यसलाई योशिमुराले गठबन्धन प्रवेशका लागि ‘असम्झौतायोग्य शर्त’ भन्नुभएको थियो ।

    यदि ताकाइची प्रधानमन्त्री बन्नुभएको खण्डमा जेआइपीले मन्त्री पद नलिने तर पार्टीको तर्फबाट एक जना विशेष सल्लाहकारलाई सरकारमा समावेश गर्ने योजना रहेको टिभी असाहीले जनाएको छ ।

    तर योमियुरी सिम्बुनका अनुसार योशिमुराले मन्त्री पद सम्हाल्ने कि क्याबिनेट बाहिरबाट मात्र सहयोग गर्ने भन्ने विषयमा अन्तिम निर्णय अझै नभएको स्पष्ट पार्नुभएको छ ।

    एएफपीले यस विषयमा टिप्पणीका लागि सम्पर्क गर्दा एलडिपी र जेआइपीका अधिकारीहरू उपलब्ध हुन नसकेको जनाएको छ ।

    यदि सम्झौता सोमबार औपचारिक रूपमा सम्पन्न भयो भने जापानको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको उदय हुने सम्भावना वास्तविकतामा परिणत हुनेछ र यो देशका लागि ऐतिहासिक क्षण ठहरिनेछ । (एएफपी)

    मङ्गलबार, कार्तिक ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगतगुरु बालसन्त मोहनसरणद्वारा बृहत्तर वराहक्षेत्र पदयात्रा पुन: सुरु
    युरोपेली संघद्वारा सन् २०२८ सम्म रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने निर्णय
    घुन्सा र फलेमा लटरम्म स्याउ
    धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    राजसंस्था, जेन–जी पुस्ता सहित सबै पक्षसँग संवाद गरौं
    पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्किीको आग्रह

    लोकप्रिय

    • १.
      UN warns: peace missions in crisis

    • २.
      राशिफल कार्तिक २०८२, यस्तो रहनेछ यो महिना

    • ३.
      उद्योगले तिर्न थाले बक्यौता

    • ४.
      ‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर

    • ५.
      आज २०८२ साल आश्विन ३० गते बिहिवार

    • ६.
      आज २०८२ साल कार्तिक २ गते आइतवार:

    भर्खरै

    • १.
      आज २०८२ साल कार्तिक ५ गते बुधवार (Oct 22, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      जगतगुरु बालसन्त मोहनसरणद्वारा बृहत्तर वराहक्षेत्र पदयात्रा पुन: सुरु

    • ३.
      युरोपेली संघद्वारा सन् २०२८ सम्म रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने निर्णय

    • ४.
      आज २०८२ साल कार्तिक ५ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८२ साल कार्तिक ४ गते मंगलवार (Oct 21, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना

    • ७.
      घुन्सा र फलेमा लटरम्म स्याउ

    • ८.
      आज २०८२ साल कार्तिक ४ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2025 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer