• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

युरोपको सहयोग निरन्तर चाहिन्छ: राष्ट्रपति जेलेन्स्की


  •   बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
  • काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने बताएका छन । यसका लागी उनले युरोपेली देशहरूसँग स्थिर आर्थिक सहयोगको माग गरेका छन् ।

    Advertisement

    जेलेन्स्कीका अनुसार, युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण रुसी आक्रमणपछि विदेशी सैन्य र आर्थिक सहयोगकै भरमा आफ्नो प्रतिरक्षा जारी राखिरहेको छ । “मैले सबै युरोपेली नेताहरूसँग स्पष्ट रूपमा भनेको छु — हामी दशकौँसम्म युद्ध लड्ने होइनौँ, तर केही वर्षका लागि युक्रेनलाई स्थिर आर्थिक आधार प्रदान गर्न उनीहरूले प्रतिबद्धता देखाउनुपर्छ”, उनले मङ्गलबार जारी गरेकाे वक्तव्यमा भने, “यही कारणले उनीहरूको सोचमा अहिले २–३ वर्षको योजना रहेको छ ।”

    युरोपेली सङ्घ (इयु)का नेताहरूले गत हप्ता युक्रेनका लागि थप दुई वर्षका आर्थिक सहयोगका विकल्पहरू अघि बढाउन युरोपेली आयोगलाई निर्देशन दिएका थिए । यस योजनाअन्तर्गत रुसका फ्रिज गरिएका सम्पत्तिबाट प्राप्त हुने दशौँ अर्ब युरो युक्रेनको पुनर्निर्माण र प्रतिरक्षा दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।

    “यदि युद्ध चाँडै सकियो भने त्यो पैसा पुनर्निर्माणमा खर्च हुनेछ, तर यदि युद्ध जारी रह्यो भने हामी त्यसलाई हतियार खरिदमा प्रयोग गर्नेछौँ—हामीसँग अरू विकल्प छैन”, उनले स्पष्ट पारे ।

    जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि रुसप्रतिको समर्थन घटाउन दबाब दिन आग्रह गरेका छन् । “यदि ट्रम्पले चीनलाई रूसबाट आयात घटाउन प्रेरित गर्नुभयो भने, त्यो निर्णायक कदम हुनेछ”, उनले पत्रकारहरूसँग भने ।

    ट्रम्पले हालै दुई प्रमुख रुसी तेल कम्पनीमाथि प्रतिबन्ध लगाउँदै चीन र भारतलाई रुसबाट तेल किन्ने मात्रा घटाउन आग्रह गरेका छन्, जुन अमेरिकी पक्षले मस्कोको युद्ध खर्चलाई सहयोग गर्ने स्रोत बताउँदै आएको छ ।

    युद्ध चौथो वर्षमा प्रवेश गर्दा रुसले केही क्षेत्रमा प्रगति गरिरहेको अवस्थामा जेलेन्स्कीले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा रूसी सेनाले बलियो पकड जमाएको स्वीकार गरेका छन् । “करिब २०० रुसी सैनिक त्यहाँ विभिन्न स्थानमा देखिएका छन् । पोक्रोभस्क अहिले रुसको मुख्य लक्ष्य बनेको छ”, उनले भने ।(एजेन्सि)

    बुधबार, कार्तिक १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer